-NRNA:अन्य संस्थाबाट राजिनामा दिने अनुजा प्रधान पहिलो व्यक्ति

NRNA:अन्य संस्थाबाट राजिनामा दिने अनुजा प्रधान पहिलो व्यक्ति

Hollywood Khabar February 11,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषद सदस्य अनुजा प्रधानले बेल्जियम स्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको कार्यसमिति सदस्य पद त्यागको घोषणा गरेकी छन् ।

गैरआवासीय नेपाली संघको निर्वाचन सम्वन्धी नियमावलीको दफा ७ (६) मा संघका कार्यकारी पदमा रहेका व्यक्तिहरु कुनै राजनीतिक, जातीय र धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्यमा पद ग्रहण गर्न नपाइने व्यवस्था अनुरुप सो पद छोडेको प्रधानद्धारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ।

प्रधानले आगामी दिनमा गैरआवासीय नेपाली संघको अभियानमा सकृय सहभागी हुने प्रतिबद्धता जनाएकी छन् ।

उनले एनआरएनए र राजनीतिक दल दुबै तिर आबद्ध भएका व्यक्तिहरुलाई एक तिरको जिम्मेवारी त्याग गरि संघभित्रको शुद्धिकरण अभियानमा सहयोग गर्न आग्रह गरेकी छन् ।

प्रधान नेपाली कांग्रेस केन्द्रिय समितिद्धारा गठिन नेपाली जनसम्पर्क समिति बेल्जियमको निर्वाचन तर्दथ समितिको सदस्य थिइन्।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मंगलवार एक पत्र जारी गर्दै राजनीतिक, जातीय, धार्मिक र गैरआवासीय नेपाली संघको कार्यकारी पदमा रहेमा दुई मध्य एक पद २५ फेब्रोवरी भित्र छोड्न आग्रह गरेको थियो।