-NRNA Official LOGO

गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रको बैठकमा महिलाहरुको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Hollywood Khabar September 15,2020 Comments

प्रेस वक्तव्य

गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिला दिदी बहिनीहरुको सहभागिता हुन नसकेको विषयप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

यसै बिषयमा छलफल गर्न संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा हालै अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैंठक बस्यो। उक्त बैंठकमा क्षेत्रीय संयोजक (राजन त्रिपाठी), क्षेत्रीय महिला संयोजक (उमा कार्की थापा), क्षेत्रीय युवा संयोजक (बिमला सापकोटा) र राष्ट्रिय समन्वय परिषद् क्यानाडाका अध्यक्ष (चिरञ्जीवी घिमिरे) को पनि उपस्थिति रहेको थियो।

उक्त बैंठकमा अमेरिका क्षेत्रीय बैठकमा भएका कमिकमजोरी र त्रुटीकाबारे आत्मआलोचना गर्दै भविष्यमा यस्ता गतिविधी नदोहोराउने प्रतिबद्दता गरिएको जानाकारी गराउदछौं। महिला तथा युवाहरुको सकृय सहभागिता बिना एनआरएन अभियान अपुरो हुने भएकोले भविष्यमा उहाँहरुको सशक्त सहभागिताको वातावरण बनाईने निर्णय समेत गरिएको छ। तसर्थ, क्षेत्रीय बैंठकका क्रममा सिकेको पाठलाई आत्मसाथ गर्दै नेपालीको लागी नेपाली भन्ने एकताको भावनाले अगाडि बढ्न सबैमा विनम्र अनुरोध गर्दछौं।

डिबी क्षेत्री

प्रवक्ता, अन्तर्राष्ट्रिय समन्वय परिषद

गैरआवासीय नेपाली संघ

१६ सेप्टेम्बर २०२०