-From Top line left- Nabin Sherchan, Dr Binod Shah and Shree Parajuli. Bottom left Bed Basnet and Abhimanyu Basnet

NRNA:गैरआवासीय नेपाली संघको अमेरिकाज क्षेत्रका आरसी-डिआरसीका आकांक्षीहरु

Hollywood Khabar June 05,2019 Comments

कृष्ण के सी/अमेरिका/६/६/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टुवर २०१९ मा हुने विश्व सम्मेलन तथा अधिवेशनमा हुने निर्वाचनका लागि उम्मेद्वार हुनेहरुको चहल पहल सुरु भएको छ।

एनआरएनए अमेरिकाज क्षेत्रको नेतृत्वमा हाल सम्म क्षेत्रीय संयोजक (आरसी) र क्षेत्रीय उपसंयोजक (डिआरसी) मा ३/३ जना व्यक्तिहरुले आफू आकांक्षी भएको कुरा हलिउडखबरलाइ बताएका छन्। यो पटक ३ जना क्षेत्रीय संयोजक र ३ जना नै क्षेत्रीय उपसंयोजकका आकांक्षी देखिएका छन्।

उनीहरुसँग गरिएको कुराकानीका आधारमा आकांक्षीहरुको छोटो जानकारी दिने प्रयास गरिएको छ।

क्षेत्रीय संयोजक (RC) का लागि

१. नविन शेरचन

एनआरएनए अमेरिजाक क्षेत्रका वर्तमान उपसंयोजक रहेका नबिन शेरचन न्योयोर्कमा ब्यबसाय गर्दै आएका छन्। शेरचनले आफू क्षेत्रीय उपसंयोजक भएकोले स्वतह रुपमा यो पटक संयोजकको लागि प्रतिस्पर्धा गर्ने कुरा बताएका छन्।

२. डा बिनोद साह

डा बिनोद साह न्यूयोर्कमा बस्दै आएका छन्। डा साह पेशाले मेडिकल डाक्टर हुन्। उनि पूर्व आइसीसी सदस्य पनि हुन्। एनसीसी हुँदै आइसीसी सदस्यमा दुइ-दुइ कार्यकाल काम गरेका डा साह यो पटक क्षेत्रीय संयोजकका लागि आकांक्षी भएका छन्।

३. श्री पराजुली

श्री पराजुली गैरआवासीय नेपाली संघको राष्ट्रिय समंन्वय परिषद अमेरिकाको पुर्व उपाध्यक्ष हुन्। न्यूयोर्क बस्दै आएका पराजुली यो पटक क्षेत्रीय संयोजकका लागि प्रत्यासी हुने भएका हुन्।

क्षेत्रीय उपसंयोजक (DRC) का लागि

१. बेद राज बस्नेत

बेद राज बस्नेत टेक्ससमा ब्यबसाय गर्दै आएका वर्तमान आइसीसी सदस्य हुन्। २०१३/१४-२०१५-२०१७ सम्म दुइ-कार्यकाल एनसीसी अमेरिकाको कोषाध्यक्षको जिम्मेद्वारी पुरा गरेका बस्नेत वर्तमान आइसीसी सदस्य हुन्। बस्नेतले हलिउडखबरसँग आफ्नो उम्मेद्वारी पक्का डिआरसीकै लागि भएको बताएका छन्।

२. अभिमन्यू बस्नेत

एनसीसी क्यानाडाको उपाध्यक्ष हुँदै वर्तमान आइसीसी सदस्य रहेका अभिमन्यू बस्नेतले यो पटक क्षेत्रीय उपसंयोजकको लागि प्रत्यासी हुने कुरा बताए। २०१३-२०१५ सम्म उनि एनसीसी क्यानाडाको उपाध्यक्ष थिए। २०१७ भने उनि आइसीसी सदस्यमा नियुक्त भएका हुन्।

३. तश्रो व्यक्तिले आफू काठमाण्डौ पुगेर मात्र क्षेत्रिया उपसंयोजकमा उम्मेद्वारी दिने कुरा छ। तत्काल सम्मको लागि आफ्नो नाम सार्वजनिक नगर्ने उको बिचार छ।