गैरआवासीय नेपाली संघको अमेरिकाज क्षेत्रमा कोभिड १९ संक्रमणमाका नेपाली समुदायलाइ सहयोग गर्न संघका सचिव गौरी जोशीको संयोजकत्वमा कमिटी गठन गरिएको छ।
अप्रिल ५, २०२० मा क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजक्त्वमा भएको बैठकले सो कमिटी गठन गरेको हो। बैठकमा क्षेत्रीय उपसंयोजक राम सी पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, क्षेतीय युवा संयोजक बिमला सापकोटाको उपस्थिति रहेको थियो। त्यसैगरी क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने अन्तराष्ट्रिय परिषद सदस्यहरु, संघका सल्लाहकार हरोबोल भण्डारी र राष्ट्रिय समन्वय परिषद क्यानाडाका अध्यक्ष चिरन्जीवी घिमिरेको पनि उपस्थिति रहेको थियो।
बैठक पछि आरसी राजन त्रिपाठीले कुरा गर्दै, यो कमिटीमा यस क्षेत्रमा राहत कोषमा रकम संकलन, कोरोनाबाट संक्रमति भएर आवश्यकता परेकालाई सहयोग, उद्धार जस्ता कुराहरुमा काम गर्ने बताउनु भयो। कमिटीले नेपाली राजदुतावासको प्रत्यक्ष संपर्कमा रहेर काम गर्ने बताइएको छ।
**************************
कृष्ण के सी
उपसंयोजक
सूचना तथा संचार
गैरआवासीय नेपाली संघ
एप्रिल ६, २०२०
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...