NRNA: युएस बंगलाको दुर्घटनामा दिवंगतप्रति समवेदना

Hollywood Khabar March 13,2018 Comments

प्रेस विज्ञप्ति
हार्दिक समवेदना
मिति २०७४ साल फागुन २८ गते सोमबारका दिन बंगलादेशबाट काठमाडौंका लागि उडेको यात्रुवाहक युएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा भएको दुर्घटनाको खबरले समस्त गैरआवासीय नेपालीहरुलाई अत्यन्त दुखी तुल्याएको छ।
घटनामा परि दिवंगत हुनु भएका २२ नेपाली, २८ बंगलादेशी र एक चिनियाँ नागरिक प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
नेपाली हवाई यात्रालाई सुरक्षित बनाउनेतर्फ ध्यान दिन सरकार र सम्बद्ध पक्षको ध्यानाकर्षण समेत गराउन चाहान्छौं । साथै उपचाररत सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दुर्घटनाको निष्पक्ष छानविनका लागि हामी सरकार समक्ष आग्रह समेत गर्दर्छौ ।
गैरआवसीय नेपाली संघ
फागुन ३०, २०७४