NRNA: अफ्रिकामा नेपाली नयाँ बर्ष २०७५ मनाइयो

Hollywood Khabar April 14,2018 Comments

गैरआबासीय नेपाली संघको युगान्डा र नाइजेरिया राष्ट्रिय समन्वय समितीहरुले युगान्डाको कम्पाला र नाइजेरियाको लेगोसमा नयाँ बर्ष २०७५ भब्य रुपमा मनाएका छन। कम्पालामा आयोजित कार्यक्रममा स्थानिय नेपाली कलाकारहरु रमेश कडेल, तेजेन्द्र बिबश र पवन भन्डारीले गीत नृत्य प्रस्तुत गरेका थिए। संघका आइसिसी सदस्य जीबन पङ्गेनी, अध्यक्ष राज मणि भन्डारी र उपाध्यक्ष बिनोद थापाले शुभकामना मन्तव्य राखेका थिए।
त्यसैगरी नाइजेरियामा आयोजित नयाँ बर्ष कार्यक्रममा संघका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा, आइसिसी सदस्य चिरन्जिबी रोका, अध्यक्ष जनक बिष्ट र उपाध्यक्ष बिश्वास पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा शंकर बर्माले नारायण गोपालका कालजयी गीत गाउनु भएको थियो भने नेपाली गीत सङ्गीतले थप मनोरंजन समेत प्रदान गरिएको थियो।