Hollywoodkhabar advertisement

एनआरएनए अफ्रिकाबाट तत्काल नेपालमा अक्सिजन आपूर्तिका लागि ११ लाख पचास हजार

-एनआरएनए अफ्रिकाबाट तत्काल नेपालमा अक्सिजन आपूर्तिका लागि ११ लाख पचास हजार
0
shares

लेगोस, नाइजेरिया, मे ९, २०२१

कोरोना संक्रमणले मार्तुभुमीको स्थिति झनझन बिग्रदो अबस्थामा गए पछि अक्सिजन समेत नपाएर बिरामी स्वजनहरुको मृत्यु भइरहेको दु:खद स्थितिमा सहयोग पुरयाउन अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समन्वय समितीहरु बाट नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ सस्था सङ्ग समन्वय गरि ११ लाख पचास हजार सहयोग पठाउने निर्णय गरिएको छ ।

सधै झै स्वदेशलाई अप्ठ्यारो परेको बेला थोरै संख्यामा रहे पनि अफ्रिकाका नेपालीहरुले आफ्नो स्वदेश प्रति माया राखी सहयोग गर्दै आइरहेको र यो बिपतमा पनि साथ दिन लागेको छ, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले जानकारी गराउनु भएको छ।

अफ्रिका क्षेत्रको आजको बैठकले डीआरसी कङ्गोका अध्यक्ष अमृत क्षेत्रीको संयोजकत्वमा डीआरसी कङ्गो, घाना, मोजाम्बिके एनसीसीहरु र कृष्ण डुम्रे आइभोरी कोस्टको सहयोगमा पाल्पा, गुल्मी, नवलपुर, नवलपरासी र स्याङ्जामा ३५०,००० बराबरको ५५० सिलिन्डर रिफिल गरि बुटवलबाट पठाउने, सेसेल्स अध्यक्ष रामप्रसाद पन्तको संयोजकत्वमा सेसेल्स र केन्या एनसीसीले चितवनमा करिव २ लाखको तत्काल आबश्यक स्वास्थ्य सहयोग गर्ने, युगान्डा अध्यक्ष बिनोद थापाको संयोजकत्वमा बारा पर्सा लगाएत दुई नम्बर प्रदेशमा युगान्डा, बोत्स्वाना र दक्षिण अफ्रिका एनसीसीको सहयोगमा ३००,००० बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउने र अन्तर्राष्ट्रिय समितीकि महिला उप संयोजक मन थापाको संयोजकत्वमा सुदुर पश्चिम प्रदेशमा तिनलाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउन नाइजेरिया, जाम्बिया र तान्जानिया राष्ट्रिय समन्वय समितिले तत्काल सहयोग गर्ने निर्णय गरेको छ। क्षेत्रीय संयोजक थापाले थप सहयोग उठाउदै जाने र आबश्यकता अनुसार अन्य जिल्लाहरुमा सहयोग गर्दै जाने छौ भन्नू भयो।

आज सम्पन्न संघको क्षेत्रीय बैठकमा मोजाम्बिके अध्यक्ष देबी पौडेल, कङ्गो अध्यक्ष अमृत क्षेत्री, केन्या अध्यक्ष सुरज डुम्रे, तान्जानिया अध्यक्ष पुष्प राज भट्टराई, सेसेल्स अध्यक्ष रामप्रसाद पन्त र युगान्डा अध्यक्ष बिनोद थापा लगाएतको उपस्थिति थियो। बैठकमा संघका अन्तर्राष्ट्रिय समितिका पुर्व कोषाध्यक्ष हिक्मत थापाले मुलुक अप्ठ्यारोमा परेको बेला अफ्रिकाका एनआरएन साथीहरूले उदार दिलले सहयोग गर्नु भएको र यो संकटमा पनि सधै झै योगदान पुर्याउनेमा आफू बिश्वस्त रहेको छु, भन्नू भयो।

ADVERTISEMENT-----