NRNA तेश्रो अफ्रिका क्षेत्रीय बैठक कम्पालामा डिसेम्बर २९-३०, २०१८ मा

Hollywood Khabar August 07,2018 Comments

कम्पाला/युगान्डा
गैरआबासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको राजधानी शहर कम्पालामा यहि डिसेम्बर २९-३०, २०१८ मा आयोजना हुने भएको छ। गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युगान्डाका अध्यक्ष राजमणि भन्डारीले एनसीसी युगान्डाले बैठक भब्य रुपमा आयोजना गर्न तयारी थालेको बताउनु भएको छ।

दुई दिन सम्म चल्ने उक्त बैठकको पहिलो दिन उदघाटन कार्यक्रम, नेपाली साहित्य गोष्ठी र सास्कृतिक कार्यक्रम आयोजना हुने छ। दोश्रो दिन अफ्रिका क्षेत्रका एनसीसीका समस्या, प्रगति विवरण, अफ्रिकाको बाटो बाट हुने नेपाली मानव तस्करी, केन्या र तान्जानियाका डान्स बारमा काममा आउने नेपाली चेलीहरुको समस्या, अफ्रिकामा नेपाली कामदारको समस्या, अफ्रिकामा कार्यरत नेपालीले भोग्नु परेको श्रम स्वीकृती, पासपोर्ट नविकरण आदिको समस्या र सामुहिक लगानी, नेपाल र अफ़्रिकिन देश बिच व्यापार, पर्यटनमा साझेदारी आदि विषयमा छलफल हुने जानकारी एनसीसी  युगान्डाका पुर्व अध्यक्ष रमेश कंडेलले जानकारी गराउनुभयो।

आयोजक रास्ट्र युगान्डाका आइसिसी सदस्य जीबनाथ पगेनीले युगान्डाका नेपालीहरु संसार भरका एनआरएनएहरुलाइ स्वागत गर्न तयार रहेको र बैठक भब्यरुपमा आयोजना गर्न आफुहरु लागि परेको जानकारी दिनुभयो।

संघका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले नैरोबी र  दार ए सलाममा आयोजीत प्रथम र दोश्रो बैठकका एजेन्डा र निर्णय माथि समिक्षा गर्दै अफ्रिकामा रहेका नेपालीका समस्या र त्यसको न्यूनीकरण र नेपाल सरकारको थप उपस्थिति बारेमा छलफल हुने बताउनुभय।

बैठकमा एनआरएनएका अन्तरास्ट्रिय अध्यक्ष भबन भट्ट लगाएत पदाधिकारीहरु र विभिन्न देशबाट अतिथिहरु लगाएत अफ्रिकाका सबै एनसीसीबाट सहभागिताको अपेक्षा गरिएको छ।

संघको एनसिसि युगान्डा अध्यक्ष भन्डारीका अनुसार उपाध्यक्ष बिनोद थापा, महासचिब रमेश शर्मा, सचिब गङ्गालाल खरेल र कोषाध्यक्ष मन्जुल पाठक लगाएत एनसिसी सदस्य र पदाधिकारीहरु कार्यक्रमको तयारीमा जुटीसकेका छन।