NRNA: तेस्रो अफ्रिका बैठक

NRNA: तेस्रो अफ्रिका बैठक डिसेम्बर २९-३० मा, तयारी पूरा

Hollywood Khabar December 16,2018 Comments

कम्पाला/युगान्डा

गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै तयारी पूरा भएको छ। आयोजक राष्ट्रिय समन्वय परिषद (एनसीसी) युगान्डाका अध्यक्ष राजमणि भण्डारीले भने-यहि २९- ३० डिसेम्बर २०१८ मा हुने कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको छ। बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा सम्पन्न हुदैछ। सहभागीहरुलाई इम्पेरियल होटेलमा आबासको ब्यबस्था गरिएको छ।

बैठकको उदघाटन समारोहमा युगान्डा सरकारका तर्फबाट मन्त्रीको प्रतिनिधित्व हुनेछ। बन्द सत्रमा समेत युगान्डा सरकार र निजि क्षेत्रका प्रतिनिधिबाट युगान्डाको आर्थिक बिकास र नेपालसँग साझेदारीका सम्भावनाबारे कार्यपत्र प्रस्तुत हुनेछन, अध्यक्ष भण्डारीले भने।

गैरआवासीय नेपाली बिज्ञहरुद्धारा अफ्रिकाका ठूला बिकास निर्माणका परियोजनाहरुमा आफ्ना अनुभव समेत प्रस्तुत गर्ने छ। बैठकमा नेपालमा प्रबिधी र लगानीका साझेदारी र अनुभव साटन सकिने विषयहरु माथि समेत छलफल हुनेछ।

त्यसैगरी अफ्रिकामा नेपाली कामदारहरुले भोग्नु परेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नविकरण, दलालहरुद्धारा ट्रान्जीटमा अफ्रिका पुर्याइने नेपाली र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम रहेको छ। एनसीसी युगान्डाका पूर्ब अध्यक्ष रमेश कंडेलले बताउनु भयो।

बैठकमा कायरो स्थित नेपाली दुतावासका राजदुत झबिन्द्र अर्याल, संघका अन्त्राष्ट्रिय परिषद अध्यक्ष, अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहने जानकारी संघका पूर्ब आइसीसी सदस्य जीबनाथ पगेनीले जानकारी गराउनु भयो।

मूल कार्यक्रम बाहेक नेपाली, युगान्डीयन र अफ्रिकिन सास्कृतिक कार्यक्रम समेत हुनेछ। त्यसैगरी नेपाली साहित्य गोष्ठि हुने कुरा बताइएको छ।