Minister Esther Mbulakubuza Mbayo

NRNA: अफ्रिका क्षेत्रीय बैठकमा मन्त्री बुलाकुबुजा प्रमुख अतिथि

Hollywood Khabar December 21,2018 Comments

हलिउडखबर/कम्पला/युगान्डा

गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको प्रमुख अतिथि युगाण्डाको राष्ट्रपति कार्यालय हेर्ने मन्त्री इस्थर बुलाकुबुजा हुने कुरा संघले जनाएको छ।

बैठकमा युगान्डा हेर्ने इजिप्ट स्थित नेपालका राजदूत झबेन्द्र अर्याल, संघका अध्यक्ष भबन भट्ट, पुर्ब अध्यक्ष जिबा लामिछाने, उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यको समेत उपस्थिति हुनेछ।

मन्त्री इस्थर बुलाकुबुजाद्धारा उद्घाटन गरिने बैठक डिसेम्बर २९-३०, २०१८ मा अफ्रिकाको कम्पालामा हुने भएको छ। राष्ट्रपति नै देशको प्रमुख कार्यकारी हुने युगान्डामा राष्ट्रपति कार्यालय हेर्ने मन्त्री प्रमुख भूमिकामा रहन्छन।

बैठकमा युगान्डाका सांसद, उधोग बाणिज्य संघका अध्यक्ष, उधोगपतिहरुको समेत उपस्थिति रहनेछ। बिकासका अनुभवहरु साटासाट नै मुल एजेन्डा रहेको बैठकले अफ्रिका र नेपालका आर्थिक समृद्धि र बिकासका अनुभवहरु बारे कार्यपत्रहरु प्रस्तुत हुनेछन।

साथै अफ्रिकामा कार्यरत नेपाली बिज्ञहरुले समेत यहाँका बिकास परियोजनाका अनुभवहरु नेपालमा कसरी लगानी र प्रबिधिका रुपमा लग्न सकिन्छ भन्ने बारे कार्यपत्र प्रस्तुत गर्ने भएका छन। त्यसबाहेक नेपालीले अफ्रिकामा भोग्नु परेका समस्याका बारेमा समेत छल्फल हुनेछ।

नेपाल राजदुतावस इजिप्टको सह-आयोजनामा सम्पन्न हुने बैठकको प्रमुख प्रायोजक आइडिया फर नेपाल र रुपालिया ग्रुप युगान्डा रहेका छन।