-Krishna KC

NRNA:डेडइण्डबाट नयाँ बाटो बनाएर संस्थालाइ उत्कृष्ट बाटोमा लैजाने जिम्मेवारी अध्यक्ष पन्तको

Hollywood Khabar October 20,2019 Comments

कृष्ण के सी/कठमाण्डौ/१०/२२/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन अक्टुवर १५-१७, २०१९ काठमाण्डौको हायात होटलमा सम्पन्न भयो। निर्वाचनबाट कुमार पन्तको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ। नयाँ नेतृत्वले ११ सदस्य सल्लाहकार र प्रमुख संरक्षक अनि संरक्षकहरुको मनोनयन समेत गरेको छ।

चुनावी समयलाई स्मरण गर्दा थुप्रै चलखेल पनि देखियो, सयौँ खुरापाती पाउभाजी र रमाइला अवस्था देख्न पाइयो। राजनीतिका अन्धा भक्त र अदुरदर्शी राजनेताहरु होटलका कोठा-चौकट पसेको त धेरै देखियो। केहि नेताहरु पार्टीको निर्णयको दुहाइ दिंदै स्थानिय निर्वाचनको जस्तो मत माग्दै हिंडेको पनि देखियो। अन्धालाइ ढोडको लौरो दिएर चुनावी खोलामा तैरन धकेलेको पनि देखियो। खाने पिउने र समिते त छँदै थिए, केहि लोकन्ती, जन्ती र चुकुल लगाउने सुकुलहरु पनि धेरै देखियो। जिन्दगी भरि नेपाल नछोडेकाहरुले आफूलाई एनआरएनको प्रतिनिधि ठानेर ठण्डा-ठण्डा कुल-कुल भन्दै नारा लगाएको त भिडियो नै भाइरल भयो।

अर्कोतर्फ एनआरएनए संस्थाको बिराशत र इतिहासका अग्रजहरुको बिचलन अनि नयाँ एनआरएनहरुको सिकाइ, भोगाइ, देखाई पनि नजिकबाट हेरियो। संस्थामा भएको नाङ्गो राजनैतिक नाचको पराकाष्ठ र अनियन्त्रित भिडतन्त्रले एनआरएनहरुको संस्था उद्येश्य पुरा गर्न भन्दा रत्यौली बढी हुन पुग्यो। निवर्तमान नेतृत्वको ब्यबस्थापनका केहि कमजोरी र वर्तमान नेतृत्व माथि थुप्रै चुनौती पनि देखियो। तर पनि निर्वाचित नेतृत्वका नेताहरुमा आशा र व्यवसायिकता पनि अपेक्षा गर्न सकिने देखिएको छ।

अब के त ?

अध्यक्ष कुमार पन्तले आफ्ना चुनावी एजेण्डालाइ योजनामा ढाल्ने बेला आएको छ। त्यसका लागि एउटा विकल्प सबै क्षेत्रका क्षेत्रीय संयोजक मार्फत क्षेत्रका कुराहरु समेत थप गरेर, अग्रज र योजना विदहरुको सल्लाहामा, पधाधिकारीहरुको उपस्थिति र समर्थन लिंदै परिमार्जित योजना तर्जुमा गर्दा उपयुक्त होला जस्तो देखिएको छ। तर यसको मतलब आफ्नो एजेण्डा र भिजन भने मर्न दिनुहुँदैन। यो गति ३० दिन भित्र तर्जुमा गर्दै फाइनल गर्नु नै बुद्धिमता देखिएको छ।

यो समय अध्यक्ष पन्तकाका अगाडी स्पष्ट केहि तगारा, केहि चुनौती र केहि मौका देखिएका छन्। निर्वाचनका बेला खेमामा बाँडिएकाहरुलाई एउटा सिंगो बाटोमा ल्याउनु। प्रशासनिक ब्यबस्थापन र संस्थागत् संरचनामा परिवर्तन गर्दा आउने चुनौतीको सामना गर्नु। पहिलो तगारोको एक हदसम्म अघिल्लो बैठकको निर्णयबाट पुरा भएको छ। दोश्रो तगारो पनि लाइनमा आएको छ, केहि ब्यबस्थापनका कुराले त्यसलाई समाधान गर्ने मौका पनि देखिएको छ।

अब आएको पहिलो चुनौती भनेको आफ्नो एजेण्डाको प्लानिङ गर्नु नै हो। दोश्रो चुनौती चाहिँ अग्रजहरुले भने झैं सँस्थालाइ राइट ट्रयाकमा ल्याउनु, उद्येश्य अनुरुप लैजानु, राजनीति र अन्य हस्तक्षेपबाट टाढा लैजानु, नयाँ संरचनामा पाहिला टेकाउनु हो।

यस्तो अवस्था हो ता पनि अध्यक्ष पन्तलाइ २ ठूला मौका पनि छन्। निरासा मात्र होइन उत्कृष्ट बनाउने मौका पनि सँग-संगै आएको छ। प्रतिबद्धतामा भने झैँ भिजन २०२० लाइ कार्यन्वयन, सदस्यता र निर्वाचन प्रणालीलाइ सुधार्ने हो भने अध्यक्ष पन्तको कार्यकाल सबै भन्दा उत्कृष्ट हुनेछ।

अन्तमा; २ वर्षको समय फुत्तै सकिन्छ। त्यसैले फाष्ट ट्रयाकमा डेडइण्डमा पुगेको संस्थालाइ नयाँ बाटो बनाएर उत्कृष्ट बाटोमा लैजाने जिम्मेवारी अब अध्यक्ष कुमार पन्तको हो।