-NRNA:एनआरएनएको झण्डा सगरमाथामा फहराउन सफल एसी शेर्पा सहकोषाध्यक्षका उम्मेदवार

NRNA:एनआरएनएको झण्डा सगरमाथामा फहराउन सफल एसी शेर्पा सहकोषाध्यक्षका उम्मेदवार

Hollywood Khabar September 08,2019 Comments

कृष्ण के सी/अमेरिका/९/९/२०१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टुवर २०१९ मा हुने ९ औं महाधिवेशन तथा विश्व सम्मेलनमा एसी शेर्पा सहकोषाध्यक्षका लागि उम्मेदवार हुने भएका छन्।

नेपालको पूर्वी पहाडी जिल्ला, गेटवे अफ सगरमाथा भनेर चिनिने सोलुखुम्बुमा जन्मिएका शेर्पा सानै उमेरमा आफना दाजुसँग अमेरिका आएका हुन्। अमेरिकाको अध्ययन सकेर स्टेट अफ वाशिङटन, सियाटल शहरमा पर्यटन र अन्य ब्यबसायमा लागेका शेर्पा सफल ब्यबसायी भएका छन्। शेर्पाको ब्यबसाय अमेरिका र क्यानाडा दुवै देशमा मात्र होइन नेपालमा पनि छ। उसो त एसी शेर्पाले सफल हिमाल आरोही मात्र होइन नेपालको सगरमाथा र विश्वका सात चर्चित हिमालहरु सेभेन समिट समेत सफलाता पूर्वक आरोहण गरेका छन्।

गैरआवासीय नेपाली संघको झण्डालाई सगरमाथाको चुचुरोमा फहराउन सफल पहिलो गैरआवासीय नेपाली पनि हुन एसी शेर्पा। उनि विश्वका ७५ भन्दा धेरै देशका लागि हिमाल आरोहणका लागि प्रशिक्षक पनि हुन्। सेभेन समिट फाउण्डेशनका अध्यक्ष, रियल स्टेट, पर्यटन र अन्य व्यवसायका सफल ब्यबसायी शेर्पाले नेपालमा ठूला लगानीका लागि पनि अनुभव गरिसकेका छन्।

गत महिना मात्र उनको सेभेन समित फाउण्डेशनको सपोर्टमा मिस नेपाल युनिभर्स अनुस्का श्रेष्ठको सिन्धुपाल्चोक प्रोजेक्टको लागि ३० हजार अमेरिकी डलर भन्दा धेरै सपोर्ट जुटाउन योगदान गरेका छन्। यस बाहेक थुप्रै सामाजिक क्षेत्रमा उनले योगदान दिएका छन्।

आफ्नो जन्मथलो सोलुखुम्बु र सिन्धुपाल्चोकमा गरेर करिव ४ करोड नेपाली रुपैयाँ भन्दा धेरै सामाजिक बिकासमा योगदान गरेका शेर्पाको गैरआवासीय नेपाली संघमा पनि अनगिन्ति सपोर्ट छ।

एनआरएनएमा सहभागी हुँदै आएता पनि पदिय जिम्मेवारी भने २०१३-२०१५ कार्यकालमा अमेरिकाबाट सुरु गरेका हुन्। त्यो समय आइसीसी सदस्यहुँदै २०१५-२०१७ मा अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक थिए। अनि यो पटक सहकोषाध्यक्षका लागि उम्मेद्वार हुने भएका छन्।