NRNA US चुनाव:एउटै टिमका दुइजना र दुइवटा टिमका एकजना कोषाध्यक्षका उम्मेद्वारमा प्रतिस्पर्धा

0
shares

by Krishna KC | Updated: 09 May 2019

132 views
-NRNA US चुनाव:एउटै टिमका दुइजना र दुइवटा टिमका एकजना कोषाध्यक्षका उम्मेद्वारमा प्रतिस्पर्धा

कृष्ण के सी/अमेरिका/५/९/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९ निर्वाचनमा कोषाध्यक्षका तीनजना उम्मेद्वारहरु मैदानमा छन्।

यो पटकको निर्वाचनमा कोषाध्यक्षमा स्वस्थ प्रतिस्पर्धा भन्दा पनि व्यक्तिगत इगो, गुट र इच्छाका कारण तीनजना उम्मेद्वारहरु आएका छन्। यी तिन उम्मेद्वारहरु प्रसन्न संग्रौला, नेत्र पोखरेल “बन्धु” र रविन बज्राचार्य हुन्। उनीहरुको आफ्नै क्षमता, कारण, शक्ति र विशेषताहरु भने छन्।

अचम्मको कुरा त के छ भने तीनजना मध्ये दुइजना संग्रौला र पोखरेल अध्यक्षका उम्मेद्वार सुनिल साहको टिममा दावी गरेका व्यक्ति हुने। त्यसैगरी बज्राचार्य सुर्य लम्साल र संजय थापाको दुवै टिमका साझा मानिएका छन्।

एउटा टिमबाट दुइ कोषाध्यक्ष र दुइवटा टिमका एकजना उम्मेदवार हुनु अनर्थ नभएपनि पढ्ने र हेर्नेलाई भने चासो हुनसक्छ। त्यसैले केहि त्यो बारे बताउने चेस्टा गरिएको छ।

प्रसन्न संग्रौला युवाहरुको प्रतिनिधित्व गर्दै सुनिल साहको टिमबाट आएका दरिला उम्मेद्वार हुन्। उनि साहको किङ मेकरहरुको आपसी विवाद हुँदा नेत्र (बन्धु) पोख्रेललाइ टक्कर दिन आएका हुन्। हुन त संग्रौलाको यो दोश्रो पटकको प्रतिस्पर्धा हो। तर पनि राजनीतिमा गगन थापालाई आदर्श मान्ने यी संग्रौलालाइ युवा, नयाँ, पुस्ता, सुनिला साहकै टिम र जनसम्पर्क समितिका थुप्रै नेताहरुको सपोर्ट रहेछ।

नेत्र पोखरेल पुराना काँग्रेस हुन्। उनलाई केहि पुराना काँग्रेस र सुनिल साहका टिमका एक तिहाइ जसोको समर्थन देखिएको छ। सालिन स्वभावका पोख्रेल लामो समय देखि निर्वाचनमा आएता पनि पच्छिल्लो समयमा छनोटमा परेका थिएनन्। क्यालिफोर्नियाका कांग्रेसका संयुक्त (सर्वगुट) टिमले सपोर्ट गर्ने भनिएता पनि पछिल्लो समय तेस्तो देखिएको छैन।

रविन बज्राचार्य गैरआवासीय नेपाली संघको अमेरिकामा मात्र होइन अन्तराष्ट्रिय स्तरमा पनि चिनिएका व्यक्ति हुन्। उनि बिषय उठान मात्र होइन संघको सुधारको लागि परेका व्यक्ति हुन्। बज्राचार्यलाइ अध्यक्षका उम्मेद्वार सुर्य लम्साल र संजय थापा दुवै टिमको समर्थन रहेको छ।