-एनआरएनहरुको दोश्रो विश्व ज्ञान सम्मेलनबारे जानकारी दिन बिशेष अपडेट हुँदै

एनआरएनहरुको दोश्रो विश्व ज्ञान सम्मेलनबारे जानकारी दिन बिशेष अपडेट हुँदै

Hollywood Khabar July 24,2020 Comments

गैरआवासीय नेपाली संघले गत बर्ष २०१९ देखि सुरु गरेको एनआरएनहरुको विश्व ज्ञान सम्मेलन यो वर्ष कोरोनाको बाबजुद पनि नियमित रुपमा नै गर्ने भएको छ। सम्मेलनका बारेमा जानकारी दिन संघका अध्यक्ष कुमार पन्त सहित अन्य पदाधिकारीको सहभागितामा एक बिशेष जानकारी मूलक कार्यक्रम आयोजना गरिएको छ।

एनआरएनहरुको दोश्रो (२ औं) विश्व ज्ञान सम्मेलन संबन्धि घोषणा जुलाई २६, २०२० आईतबार हुने भएको छ। नेपालको समय साँझ ६ बजे Zoom प्रबिधिबाट सुरु हुने ज्ञान सम्मेलन (2nd NRN Global Knowledge Convention) बारे जानकारी दिने घोषणा कार्यकर्म संघको आधिकारिक Facebook पेजबाट Live हुनेछ।

संघका महासचिव तथा ज्ञान सम्मेलनका पायोनियर तथा प्रबर्द्धक डा हेमराज शर्माका अनुसार यो सम्मेलन गैरआवासीय नेपाली संघको मात्र नभएर नेपाल सरकार सेमत सहआयोजक रहनेछ। २०२० को यो सम्मेलनमा ४ वटा प्लेनरी सेसन र १५ वटा सिम्पोजिएमको आयोजना गरिदैछ। ती सेसनहरु कुन-कुन बिषयमा केन्द्रित हुनेछन्, संघले को-कोसँग सहकार्य गर्दैछ लगायतका बिषयमा थप जानकारी लिनको लागि कार्यक्रममा भाग लिनुहुन समेत महासचिव डा शर्माले अनुरोध गर्नुभएको छ। सो घोषणा कार्यक्रममा सम्वन्धित सेसनका संयोजकले सेसनको बारेमा प्रस्तुती समेत दिनुहुनेछ।

कार्यक्रम संघको आधिकारीक फेसबुक पेज https://www.facebook.com/NRNAOfficial बाट प्रसारण हुनेछ । 

कृष्ण के सी

उपसंयोजक

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ

जुलाई २५, २०२०