NRNA President Candidate 2019

NRNA:आगामी नेतृत्वका लागि चहलपहल सुरु, अध्यक्षमा ६ जना संभावित

Hollywood Khabar October 30,2018 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघको आगामी २०१९-२०२१ कार्यकालको नेतृत्वको लागि कुरा, किचेन क्याबिनेट र गोप्य बैठक बसेको कुरा हलिउड खबरलाइ प्राप्त भएको छ।

यति मात्र होइन कतिपय त राजनैतिक दलका नेताहरुको घर-दैलोमा समेत धाउन थालेका छन्। त्यसबारे ऐले सम्म कुनै पनि मिडियाले लेखेका छैनन। मैले पनि ऐले नै मुख खोल्नु धेरै छिटो भएको भन्ने आरोप पक्कै लाग्नेछ। तर, वास्तविकता यहि नै हो कि गैरआवासीय नेपाली संघमा चुनाब लागिसकेको छ। राजनीति सुरु भैसकेको छ, गुट बन्न थालेका छन र पक्ष विपक्षको ध्रुवीकरण सुरु भएको छ। यो अर्थमा मलाइ लाग्दैछ कि मैले लेख्न ढिला गरेको छु।

नेपालका सबै मिडियाहरुलाइ यो गैरआवासीय नेपाली संघ भन्ने संस्था भनेको संघका गतिबिधिका बेला सामान्य समाचार मात्र हो। केहि नेपाली अनलाइनहरुलाई भ्यूवर बढाउने खुराक होला। एकाथरी पत्रकारहरुले २०१७ को मध्येतिर आएर काठमाण्डौमा एउटा बैठक नै बसे र पैसा नलिइकन एनआरएनहरुको समाचार नै नलेख्ने निर्णय समेत गरेका छन्।

तर आफ्नो ब्यस्त र जिउने समय कटाएर संघको काममा अरु अभियन्ताहरु सरह योगदान पनि दिनु र एउटा एनआरएनलाइ फोकस गरेर मिडिया समेत संचालन गर्ने एनआरएन पत्रकार र संचारकर्मी, लेखकहरु भने कम्ति मात्र छन्। भलै संघका अभियन्ताहरुले उनीहरुलाई आफ्नै अंगका हुन भनेर पहिचान गरेका छैनन्, पटक्कै छैनन्। तर पनि एनआरएन पत्रकारहरुले भने संघलाइ माया गर्छन, लेख्छन र अभियानमा पनि जिम्मेवारी समेत निभाउँछन्। तर पनि सजिलो र पहिलो उदाहरण भनेको पुरस्कृति गर्ने बेला एनआरएन पत्रकारहरु नसम्झनु नै गतिलो कुरा होला।

अब बिषयमा प्रवेश गरौ त्यो पनि सोझै। संघको ऐले सम्मको गतिबिधि हेर्दा ६ जनालाई आकांक्षी अर्थात प्राइमरी भनौ या अध्यक्षका लागि संभावित उम्मेदवार भनेर गणना गर्न सकिन्छ। उसो त अन्तिम उम्मेदवारहरु भने निर्वाचनको दुइ दिन अगाडी मात्र थाहा हुन्छ। कतिपयलाइ त आफू उम्मेदवार हुने या नहुने पनि थाहा छैन। अनि कतिपयलाइ कुनै पनि हालतमा मैदान छोड्ने या पछाडी हट्ने विकल्प नै छैन। अनि कतिपयलाई आफ्नो पद बार्गेनिङ्ग गर्न उपल्लो पदको दावी गरेका भन्न सकिन्छ। तर पनि हाल सम्म देखिएका र जानकारी अनुसार तपसिलका व्यक्तिहरुलाई संभावित भनेर गणना गर्न सकिन्छ।

अध्यक्ष भबन भट्ट

वर्तमान अध्यक्ष भबन भट्ट अर्को कार्यकालमा आकांक्षी भएको कुरा केहि महिना पहिला नै हङकङतिरबाट खबर नआएको होइन। भबन भट्टले यो कार्यकालमा खुलेर काम गर्न नपाएको गुनासो आएको थियो। तर त्यो कुरा भने अध्यक्ष भट्ट र पूर्वअध्यक्ष जीबा लामिछाने बीच गत बिधान सभाको हलमा नै भना-भन भएपछि खुलस्त भएको हो।

तत्कालै अध्यक्ष भबन भट्टले आफू अर्को कार्यकालमा जाने बताएका हुन्। यो कुरा नकार्ने अवस्था पनि छैन। सिटिङ अध्यक्षले दोश्रो कार्यकालका लागि जान्छु भन्नु र जानु कुनै अनर्थ पनि होइन। टिम ए र बि अर्थात कुमार पन्त र भबन भट्ट बीच भिडन्त नै भयो भने पूर्व अध्यक्षहरु चार मध्ये दुइको सपोर्ट अध्यक्ष भबन भट्टलाइ हुने अवस्था देखिन्छ।

उपाध्यक्ष कुमार पन्त

उपाध्यक्ष कुमार पन्तले दुइ-दुइ पटक उपाध्यक्ष भैसके पछि अब हुने या आकांक्षा गर्ने भनेको अध्यक्ष नै हो। कि चुनाब लड्नु पर्यो कि मैदान छोड्नु पर्यो। उसै पनि उपाध्यक्ष पन्तले गत पटक नै अध्यक्ष भबन भट्टसंग प्रतिस्पर्ध गर्ने आँट गरेकै हो। यो पटक घोषणा गरे पनि या नगरे पनि अनिवार्य रुपमा अध्यक्षका उम्मेदवार बन्ने भनेको उपाध्यक्ष पन्त मात्रै हो। उसो त उपाध्यक्ष पन्तलाइ जीवा लामीछानेको सपोर्ट छ भनिछ। हुन पनि मुखले जति होइन भने पनि अन्तमा जीवा लामीछानेले गर्ने सपोर्ट उपाध्क्ष पन्तलाइ नै हो भन्दा अनर्थ नलाग्ला। जे होस यो पटक दरिला उम्मेवार मध्ये एक कुमार पन्त नै हो।

उपाध्यक्ष पन्तले आफ्नो चुनावी तालमेल सुरु गरेको कुरा यो पंक्तिकारलाइ पहिला देखि नै अवगत छ। यति मात्र होइन एउटा नेटवर्क छ जसलाई क्यू भनिन्छ। यति मात्र होइन पन्तको टिममा ६ मध्ये ४ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र दुइ मध्ये एक सचिव समेत प्रमुख उम्मेदवारहरुको चयन पनि भैसकेको लिष्ट आइसकेको छ। अनिवार्य अध्यक्षका उम्मेदवार भैसकेको अवस्थामा यो तयारीलाइ अन्यथा मान्नुपर्ने कारण केहि पनि छैन।

उपाध्यक्ष कुल आचार्य

संघको एनसीसी बेलायत देखि इतिहास बोकेका उपाध्यक्ष कुल आचार्य हाल उम्मेद्वारीका लागि दौडधूप गर्ने व्यक्ति मध्येमा छन्। उसो त विश्व भरिका नेपाली कांगेसका सपोर्टरहेरु मध्ये बहुमतले उपाध्यक्ष कुल आचार्यलाइ सपोर्ट गर्ने स्थिति देखिन्छ। बिशेष गरि संघको यूरोप क्षेत्रको भेला देखि बढी चर्चामा आएका आचार्य बलिया उम्मेदवार हुन्। अध्यक्ष भबन भबन भट्ट उम्मेदवार नभएको अवस्स्थामा अध्यक्ष भट्टको समेत तीन/तीन पूर्व/वर्तमान अध्यक्षहरुको सपोर्ट पाउने अवथा रहेका आचार्य दरिला उम्मेदवार पक्कै हुन्।

जमुना गुरुङ

जमुना गुरुङ, संघभित्र चिनाई रहनुपर्ने नाम होइन। बिशेष गरि २०१३ देखि २०१७ सम्म संघका हरेक गतिबिधिमा नियमित र प्रत्यक्ष रुपमा सहभागी व्यक्ति हो जमुना गुरुङ। बिलियन डलर भन्दा धेरै लागानीका कर्पोरेटको ब्यबस्थापन हेर्ने व्यक्ति पनि जमुना गुरुङ नै हो। यति मात्र होइन, निवर्तमान आइसीसी सदस्य तथा गत निर्वाचनमा अध्यक्षकी प्रतिस्पर्धी पनि हो। सबैलाई थाहा नै छ, अन्तिम समयमा आएर उम्मेदवारी घोषणा गर्दा पनि गत २०१७ को निर्वाचनमा झन्डै अध्यक्षको बाजी मारेको।

यो पटक जमुना गुरुङको उम्मेदवारी हुने नहुनेबारे कतै पनि कुरा आएको छैन। यसको मतलब जमुना गुरुङ उम्मेदवार नबन्ने, मैदान छोड्ने भन्ने पनि होइन। समय लामो बाँकी छ, अनि हल्ला भन्दा पनि काममा विश्वाश गर्ने गुरुङ हिरो र जित्ने घोडा अन्तिममा आउँछ भने झैं नहोला भन्ने अवस्था पनि छैन। तर एउटा कुरा भने निश्चित मात्र होइन ठोकुवा गरेर भन्न सकिन्छ-“यदि जमुना गुरुङ अध्यक्षको उम्मेदवार हुने हो भने जम्मा दुइजना मात्र अध्यक्षका उम्मेदवार मैदानमा हुनेछन-कुमार पन्त र जमुना गुरुङ।”

दिपक खडका

दिपक खडका संघको इतिहास बोकेको व्यक्तिको नाम हो। संघ स्थापना गर्दा लण्डनको पहिलो बैठकमा सहभागी व्यक्तिमध्येका एक हुन दिपक खडका। खडकाले संघको विभिन्न काम र पदिय जिम्मेवारी पुरा गरेका छन्। ओसनिया क्षेत्रका पूर्व क्षेत्रीय संयोजक समेत रहेका खड्काले आन्तरिक रुपमा आफ्नो तयारी भेटघाट र बैठक समेत गरेको भन्ने खवर हलिउड खबरलाइ आएको हो।

यो पंक्तिकाकार संगको कुराकानीमा खडकाले आफ्नो तेस्तो तयारी नभएको र धेरैजनाले नेतृत्वमा जान भनेको बताए। खडकाले संघको मर्म र गर्नुपर्ने काम धेरै छन् तर अलिकति संघ आउट अफ ट्रयाक भएको बताए। पछिल्लो गतिबिधिसंग अलिकति असन्तुष्ट रहेको गुनेसा गर्ने खड्काले चुनावका कुरा गर्नु टूअर्ली हो भने। तर पनि आफू आकांक्षी रहेको कुरा डिप्लोम्याटिक रुपमा जवाफ दिए तर नकारेनन। खड्काको उम्मेदवारी भयो भने संघको समीकरणमा नयाँ स्वरुप आउनेछ। किन कि- खड्का गुट भन्दा काममा विश्वास गर्ने व्यक्ति हो।

सोनाम लामा

सोनाम लामा संघको लामो समय देखि योगदान र काम गर्ने व्यक्तिको रुपमा चिनिने नाम हो। चाहे लाप्राक नमुना बस्तिका कुरा हुन् या संघको मुख्यालय क्याम्पस बनाउने कुरामा होस् लामाको नाम, योगदान, सहभागीता छुटेको छैन।

एनसीसी अमेरिका हुँदै, आइसीसी सदस्य, अकेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक, संयोजक भएर गत २०१७ को निर्वाचनमा उपाध्यक्षको उम्मेदवार भएका लामा त्यो पटक नै अध्यक्षको उम्मेदवार हुने कुरा थियो। तसो त भएन तर ऐलेको समय फेरिएको छ। सोनाम लामा अध्यक्षमा संभावित उम्मेदवार भएको कुरा नकार्न सकिंदैन। अमेरिकाको नेतृव मिलाएर लैजाने हो भने लामाको उम्मेदवारी सबैभन्दा ओझपूर्ण हुनेछ। काठमाण्डौमा भएको एउटा गोप्य बैठकमा लामाको नाम अध्यक्षका लागि नै अगाडि सारिएको जानकारी आएको छ। यो कुरा लामाले पनि नकारेको अवस्था छैन।

यसका अलावा महासचिव डा बद्रि के सी र बिश्व आदार्श पण्डितको नाम समेत नआएको होइन।