गैरआवासीय नेपाली संघको पहिलो नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

0
shares

by Krishna KC | Updated: 22 Sep 2019

108 views
-गैरआवासीय नेपाली संघको पहिलो नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको स्वास्थ्य कमिटीको आयोजनामा पहिलो नेपाली स्वास्थ्य सम्मेलन अमेरिकाको एटलाण्टामा सम्पन्न भएको छ।

नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादबको प्रमुख आतिथ्यतामा सेप्टेम्बर २०-२१, २०१९ मा भएको सम्मेलनमा संघका पदाधिकारी, एनसीसी अमेरिकाका अध्यक्ष सुनील साह, एनसीसी अमेरिकाका अन्य पदाधिकारी, सदस्यहरु, स्वास्थ्य बिशेसज्ञ लगायतको उपस्थिति रहेको थियो। सम्मेलनले Atlanta Declaration on Global Nepali Health जारी गरेको छ। सो घोषणालाइ नेपालका उपप्रधानमन्त्रीले नेपाल सरकारले कार्यान्वयनमा लैजान पहल गर्ने कुरा समेत बताउनु भएको छ। कार्यक्रम एनआरएनए आइसीसी स्वास्थ्य कमिटीका संयोजक डा सन्जिब सापकोटाको संयोजनमा आयोजना गरिएको थियो।

सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादबले सरुवा मात्र होइन नसर्ने रोगहरुबारे पनि छलफल गर्न सुझाव दिनुभएको थियो। त्यसैगरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष सुनील साहले समुदायमा स्वास्थ्यको महत्वबारे बताउनु भएको थियो। करिव एक दर्जन जति कार्यपत्र प्रस्तुत गर्दै सम्मेलन सम्पन्न भएको छ।

ओम भट्टराई

प्रवक्ता

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका

सेप्टेम्बर २२, २०१९