NRNA यूरोप भेलाको पत्रकार महासंघद्धारा बहिस्कार गर्ने चेतावनी

Hollywood Khabar June 18,2018 Comments

कृष्ण के सी/अमेरिका
गैर आवासीय नेपाली संघले २९-३० जुलाई २०१८ मा Luxembourg मा आयोजना गरेको 11th European Regional Meeting and 9th European Regional Women’s Conference को विवाद र बिरोध मात्र भएको होइन बहिस्कार गर्ने चेतावनी समेत भएको छ।

संघको उक्त कार्यक्रमका आयोजकहरुले नेपाल पत्रकार महासंघ यूरोप शाखा, संबद्ध पत्रकार अनि स्वतन्त्र संचारकर्मीहरुको समेत वेवास्ता गर्दै आफू खुसी एकलौटी काम गरेकोले महासंघले घोर बिरोध गरेको प्रेस बक्तब्य हलिउड खबरलाइ प्राप्त भएको छ।

वार्षिक रुपमा हुने उक्त कार्यक्रम यो पटक Luxembourg को Hilton Hotel मा आयोजना गरिएको छ। कार्यक्रममा यूरोपका सबै राष्ट्रिय समन्वय परिषद र संघका अन्तराष्ट्रिय परिषद पदाधिकारीहरुका साथै अन्य स्थानिय अन्य देशका गैर आवासीय नेपालीहरु समेत उपस्थित हुने गरेका छन्।