-NRNA ICC Official LOGO

NRNA:गैरआवासीय नेपाली संघका महत्वपूर्ण दुइ बैठक र काठमाण्डौ अधिवेशनबारे जानकारी

Hollywood Khabar June 04,2019 Comments

कृष्ण के सी/अमेरिका/६/४/१९

गैरआवासीय नेपाली संघका महासचिव डा बद्रि के सीद्वारा प्राप्त इमेल अनुसार यो वर्ष संघका तीन महत्वपूर्ण कार्यक्रमहरु स्क्याजुल गरिएका छन्। महासचिव डा के सीका अनुसार संघका तीन महत्वपूर्ण कार्यहरुमा एशिया तथा प्रसान्त र युरोप क्षेत्रको क्षेत्रीय बैठक अनि काठमाण्डौमा हुने बिश्व सम्मेलन तथा अधिवेशन रहेका छन् ।

१. एशिया तथा प्रशान्त क्षेत्रको ७ औं क्षेत्रीय बैठक र क्षेत्रीय महिला फोरमको दोश्रो बैठक

एशिया तथा प्रशान्त क्षेत्रको ७ औं क्षेत्रीय बैठक आगामी जुलाई ६-७, २०१९ मा म्यानमारमा हुने भएको छ। यसका साथमा सो क्षेत्रको क्षेत्रीय महिला फोरमको दोश्रो बैठक समेत हुने छ ।

क्षेत्रका क्षेत्रीय संयोजक किरण बिक्रम थापाले बैठक नेपालको समृद्धि र लगानीमा केन्द्रित हुनेकुरा बलिउडखबरलाइ बताए। बैठकको थिम भने डायस्पोरामा रहेका नेपालीहरुको राष्ट्रिय समृद्धीमा योगदान हुनेछ। म्यान्मारमा नेपालीहरुको बसोबास हुन थालेको २०० वर्ष भन्दा धेरै भएको मानिन्छ । तर पनि त्यहाँ बिगतको सैनिक शासन र अन्य कारणले गर्दा नेपालीहरुको चहल पहल भने बढेको थिएन ।

संयोग नै मान्नुपर्छ कि एनआरएनए आइसीसीका सँस्थापक मध्येका एक भिम उदास हाल म्यान्मारका लागि नेपाल सरकारका महामहिम राजदूत हुनुहुन्छ। यसबाट म्यान्मारमा बैठक गर्न थप उर्जा मिलेको हो। अब यो बैठक पछि म्यान्मारमा नेपालीहरुको सांगठानिक गतिबिधि बढ्ने मेरो विश्वास छ, संयोजक थापाले भने ।

एशिया तथा प्रशान्त क्षेत्रको सातौँ बैठक तथा महिला फोरमको दोश्रो बैठकबारे सो क्षेत्रकी महिला संयोजक जुनु गुरुङले आफूहरु हङकङमा भएको पहिलो बैठकबाट आधारशीला तयार गर्न सफल रहेको बताइन। महिला फोरमको यो दोश्रो बैठकमा यस बिचका गतिबिधि र केहि योजनाहरुका बारेमा केन्द्रित हुने कुरा महिला संयोजक गुरुङले बताइन। स्मरणीय कुरा सो क्षेत्रको महिला फोरम नयाँ भएता पनि अन्य क्षेत्रको भन्दा बढी सक्रिय रहेको छ ।

२. यूरोपियन क्षेत्रीय बैठक तथा महिला फोरम बैठक

यूरोपियन क्षेत्रीय बैठक तथा महिला फोरम बैठक अगष्ट ३-४, २०१९ मा इटालीको रोममा हुने भएको छ। एनआरएनए आइसीसीको निर्वाचनको मुखैमा आयोजना गरिएको सो बैठकमा संघका थुप्रै उम्मेदवारीका आकांक्षीहरुको बढी मात्रामा उपस्थिति हुने अनुमान गरिएको छ। यूरोपियन क्षेत्रीय बैठक तथा महिला फोरम बैठक उसै पनि बढी चर्चामा हुने गरेको छ । कार्यक्रमबारे थप जानकारी अर्को समाचारमा दिइने छ ।

३. गैरआवासीय नेपाली संघको बिश्व सम्मेलन तथा अधिवेशन

गैरआवासीय नेपाली संघको बिश्व सम्मेलन तथा अधिवेशन आगामी अक्टुवर १३-१६, २०१९ मा काठमाण्डौमा हुने भएको छ। गैरआवासीय नेपाली संघको यो सम्मेलन पुन सोल्टी होटलमा नै हुने भएको कुरा बताइएको छ। यहाँ संझनुपर्ने कुरा औपचारिक कार्यक्रम १३ अक्टुवरबाट हुने भएता पनि ११ अक्टुवर संघको स्थापना दिवस हो। संघले उक्त कार्यक्रमलाइ बिशेष रुपमा मनाउँदै आएको छ। यसबारे थप जानकारी नियमित रुपमा गरिने छ ।