-NRNA NCC USA: नृपेन्द्र धिताल बोर्ड सदस्यका उम्मेद्वार

NRNA NCC USA: नृपेन्द्र धिताल बोर्ड सदस्यका उम्मेद्वार, यो पटक लड्ने होइन जित्ने

Hollywood Khabar April 22,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२३/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा नृपेन्द्र धिताल बोर्ड सदस्यका लागि उम्मेदवार भएका छन्।

ओरेगन राज्यमा बस्दै आएका धिताल इन्जिनियर पनि हुन्। नेपालमा नेपाल बिधार्थी संघको राजनीति देखि आएका धिताल अमेरिकामा पनि त्यो पाटोसँग जोडिएका छन्। उनि २०१७ देखि भने गैरआवासीय नेपाली संघप्रति सकृय छन्।

युवा जोश र जाँगर भएका धिताल अरु भन्दा अलिकति फरक तरिका र स्वभावले काम गर्न मन पराउँछन्। हलिउडखबरद्वारा आयोजित बहस र आफ्नो प्रस्तुति दिन सान फ्रान्सिस्को पुगेका धितालले भने गत पटक प्रयास गरे सफल हुन सकिन तर यो पटक नलडाइदिनु है अन्यथा म फेरी पनि चुनावमा जानु पर्छ नत्र लडेको लड्यै हुन्छु।