-एनआरएनए एनसीसी अमेरिकाको पंजीकृत सदस्य २१,८५४, युके र अष्ट्रेलियालाइ चुनौती

एनआरएनए एनसीसी अमेरिकाको पंजीकृत सदस्य २१,८५४, युके र अष्ट्रेलियालाइ चुनौती

Hollywood Khabar February 15,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी १५, २०२१

गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको पंजीकृत सदस्य संख्या २१ हजार ८ सय ५४ जना भएको छ। यस मध्ये प्रमाणित भएका सदस्य संख्याअ १७ हजार ८ सय ९३ जना पुगेका छौं।

कार्यकाल २०२१-२०२३ को लागि एनआरएनए एनसीसी अमेरिकाको पंजीकृत सदस्यता २१,८५४ भएको छ। यसमा २ हजार ३ सय १४ जना आजिवन सदस्य र १५ हजार ५ सय ७९ जना साधारण सदस्य रहेका छन। यस मध्ये भेरिफाइ हुन बाँकी संख्या ३ हजार ९ सय ६१ रहेका छन्।

फेब्रवरी १५, २०२१ राति ११:५९ Eastern Time सम्ममा आवेदन दिनेको संख्या यति रहेको कुरा मेम्बरशिप भेरिफिकेशन कमिटीका संयोजक डा राजन पन्तले फेसबुक लाइभमा जानकारी दिनुभएको छ। संयोजक डाक्टर पन्तका अनुसार यो संख्या आवेदन दिनेको हो। यसमा भेरिफिकेशन गरेर अन्तिम लिष्ट आउने केहि दिन लाग्ने छ।

२०२१-२०२३ कार्यकालको लागि एनआरएनए एनसीसी अमेरिकाको सदस्यता लिने अन्तिम मिति फेब्रवरी १५, २०२१ सम्म थियो। यो अवधिका पंजीकृत सबैले आगामी महाधिवेशनमा प्रतिनिधि भएर भाग लिन पाउने छन्। त्यस पहिला संघको नयाँ नेतृत्व अनलाइन सिष्टममा मतदान भएर निर्वाचित हुनेछ। अब उपरान्त केहि दिन सदस्यता दिने क्रम बन्द हुनेछ र पुन: केहि समय पछि सदस्यता खुल्ने छ। तर त्यसपछि बनेका पंजीकृत सदस्यहरु चाहिँ २०२३-२०२५ कार्यकालका लागि हुनेछन।

यो पटक गैरआवासीय नेपाली संघको सबै भन्दा धेरै सदस्य भएर ठूलो भएको एनसीसी अमेरिकाले एनसीसी बेलायत र एनसीसी अष्ट्रेलियालाइ कि २० हजार सदस्य कटाउन या दोश्रो तेश्रो हुनको लागि चुनौती दिएको छ। यो प्रतिस्पर्धासँगै वास्तविक गैरआवासीय नेपालीहरुको प्रतिनिधित्व हुनेक्रमको सुरुवात भएको सजिलै अनुमान गर्न सकिन्छ।