-एनआरएनए अमेरिका:च्याप्टर अध्यक्ष सुरेन्द्र मल्लले आइसीसी सदस्यमा उम्मेदवारी दिए

एनआरएनए अमेरिका:च्याप्टर अध्यक्ष सुरेन्द्र मल्लले आइसीसी सदस्यमा उम्मेदवारी दिए

Hollywood Khabar April 07,2021 Comments

हलिउडखबर, अप्रिल २१, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिका २०२१-२०२३ कार्यकालको निर्वाचनमा क्यालिफोर्निया राज्य च्याप्टर अध्यक्ष सुरेन्द्र मल्लले अन्तराष्ट्रिय परिषद सदस्य पदमा उम्मेदवारी दिएका छन्।

नेपालको तनहुँ जिल्लामा जन्मेर हाइस्कूल गरेका मल्लले रत्न राज्य लक्ष्मी क्याम्पसबाट ग्राजुएट गरे। त्यसपछि पाटन मल्टिपल क्याम्पसमा एमए सम्म अध्ययन गरेका हुन्। उसो त मल्ललाइ नेपाल बिधार्थी संघको राजनीतिले पनि छोडेन। तनहुँको छाङ्ग गाउँ पंचायतमा नेविसंघ एकाइका सभापति हुँदा २०४२ सालमा नेपाली काँग्रेसकको सत्याग्रह आन्दोलनमा भाग लिएको संझना छ मल्ललाइ। पर्बतिय पदयात्रा पर्यटन ब्यबसायमा काम गर्नुभएका उहाँ पछिल्लो समय मल्ल ट्रेक कम्पनिका म्यानेजर पनि थिए।

२००६ मा क्यालिफोर्निया आएका सुरेन्द्र मल्ल हाल सम्म पनि सान फ्रान्सिस्कोमा नै बस्दै आएका छन्। लुम्बिनी कपिलबस्तु शान्ति अभियान (हालको बुद्ध नेपाल पिस फाउन्डेसन, नेपलिज एशोसियशन अफ नर्दन क्यालिफोर्निया (NANC) लगायत संस्थामा काम गरेको अनुभव छ मल्लसँग। सान फ्रान्सिस्को बुद्ध लायन्स क्लबको २०१७ मा अध्यक्ष पनि थिए। यस बाहेक नेपाली जनसम्पर्क समितिको सदस्य पनि हुन्।

उसो त मल्लले क्यालिफोर्नियाको क्याप्टेन भएर अमेरिकाको विभिन्न शहरहरूमा थुप्रै भलिबल खेलमा भाग पनि लिएका, आयोजना समेत गरेको र यसै क्रममा विभिन्न स्टेटमा खेलाडीको रुपमा खेल्न समेत गएको रेकर्ड थुप्रै छ।

२०१४ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्य बनेका मल्ल हाल आजीवन सदस्य हुन्। यसबीच एनआरएनए एनसीसी अमेरिकाको बिभिन्न टास्क फोर्सहरू जस्तै: कोरोना महामारीबाट पिडित बिधार्थी सपोर्ट, नेपाली भाषा तथा साहित्य प्रबर्धन र संरक्षण समिति, हेल्थ इन्सुरेन्स र सामाजिक सुरक्षण सचेतना, पोलिसी मेकिङ्ग र यो पटक मेम्बर्शिप ड्राइभ कमिटिमा पनि काम गरेका हुन्।

सुरेन्द्र मल्ल २०१५ मा एनआरएनए एनसीसी अमेरिकाको क्यालिफोर्निया च्याप्टर सचिव निर्वाचित भएका थिए। २०१९ मा चाहिँ च्याप्टर अध्यक्ष भएर काम गर्दैछन। यसबीच २०१७ र २०१९ मा अमेरिकाको प्रतिनिधि भएर एनआरएनएको अन्तराष्ट्रिय महाधिवेशनमा तथा विश्वो सम्मेलनमा काठमाण्डौ पनि गएका हुन्।यो पटक भने सुरेन्द्र मल्ल एनआरएनए आइसीसी सदस्य पदमा उम्मेदवारी दिएका छन्।