-NRNA NCC USA:विष्णु शाह ICC सदस्यका उम्मेद्धार

NRNA NCC USA:वर्तमान बोर्ड सदस्य विष्णु शाह ICC सदस्यका उम्मेद्धार

Hollywood Khabar April 23,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२४/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को वर्तमान बोर्ड सदस्य विष्णु शाह ICC सदस्यका उम्मेद्धार भएका छन्।

शाह अच्छाम जिल्लामा जन्मिएर नेपालगंजमा अध्ययन गरेका व्यक्ति हुन्। नेपाल बिधार्थी संघको राजनीति गर्दै नेपालगंज क्याम्पसको स्वतन्त्र बिधार्थी यूनियन सभापति समेत भएका थिए शाह। पछि काठमाण्डौमा उच्च शिक्षाका लागि आएपछि भने नेविसंघ किर्तिपुर एकाइको उपसभापति सम्म भएको बताए। पछि अच्छाम क्षेत्र १ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि भएको कुरा बताउँछन् शाह।

२००७ मा शाह अमेरिका आएपछि क्यालिफोर्नियाको सान फ्रान्सिस्को बस्दै आएका थिए। हाल भने शाहले वसिङटन स्टेटको स्याटल नजिक होटलको ब्यबसाय गर्दै आएका छन्। उसो त शाह अमेरिकामा पनि नेपाली जनसम्पर्क समितिसँग संबद्ध थिए।

२०१४ मा पहिलो पटक एनसीसी अमेरिकाको सदस्यता लिएका शाह २०१७-२०१९ मा भने बोर्ड सदस्यमा बिजयी भएका हुन्। हाल आएर आफू विस्तारै एनसीसी अमेरिका भन्दा संघको विश्व स्तरमा प्रवेश गर्न ICC सदस्यका लागि प्रत्यासी भएको कुरा हलिउडखबरसँग शाहले बताए।