Hollywoodkhabar advertisement

एनअरएनए बैठकमा महासचिव डा शर्माले अबैध व्यक्ति बोलाएर बक्ता बनाए

-एनअरएनए बैठकमा महासचिव डा शर्माले अबैध व्यक्ति बोलाएर बक्ता बनाएको
0
shares

कृष्ण के सी, अमेरिका, मे ५, २०२१

गैरआवासीय नेपाली संघको बिषयमा विगत देखि अहिले सम्म कति लेखियो त्यो त हेर्न बाँकी छ। अझै पनि लेख्ने बिषयमा कुनै एउटा मात्र आवाज आएपनि त्यसलाई उठाउनु मेरो कर्तब्य हो, यसमा मिले र भ्याए सम्म निरन्तरता गर्नेछु।

गैरआवासीय नेपाली संघ (एनअरएनए) का महासचिव डा हेमराज शर्माले आफ्नो २४ महिनाको कार्यकाल मध्ये १९ महिनामा संघलाइ बेथिति र मनपरी तरिकाले चलाएको एक होइन दर्जनौ रेकर्ड छन्। हरेक दिन जसो आउने गरेको गुनासोको चाङ्ग नै भएको छ। संघका प्रवक्ता डिबी क्षेत्री आजित भएर चुप बसेका छन्। संघको संचारको टिमलाइ त पहिलो दिन देखि नै पाखा लगाइएर राखिएको नै हो। अब प्रवेश र निषेध दुवै अधिकार आफ्नो हातमा लिएका महासचिवले पछिल्लो समय नाङ्गो नाँच नै नाँच्न थालेको देखिएको छ।

यसै हप्ता युरोपक राष्ट्रिय समन्वय परिषदका अध्यक्ष र महासचिवहरुको बैठक भनेर बोलाएकोमा नेपाल कम्युनिष्ट पार्टीका कुनै देशका अध्यक्ष, आइसीसी सदस्य राम सिम्खडा, अनलाइनका पनि टोल प्रतिनिधि, प्रवासी मंचका प्रतिनिधिहरुको बर्गेल्ती उपस्थित मात्र होइन बैठकमा उनीहरुको हैकम नै चल्यो।

कतिपय देशका एनसीसी अध्यक्ष र महासचिवलाइ भने च्याट र ह्याण्ड रेज गर्न पनि प्रतिबन्ध लगाइएको कुरा युरोपका थुप्रै सहभागीले गुनासो गरे। बैठकको स्क्रिन शट गरेर संघको वेबसाइटमा उल्लेख गरिएका उनीहरुको पद र फेसबुक प्रोफाइल म्याच गर्दा धेरै ब्यक्ति संघका पदाधिकारी नभएको पाइयो।

यति मात्र होइन कतिपय त मध्यपूर्व क्षेत्रका व्यक्ति पनि रहेछन। यस्तो घटना पहिलो भने होइन, गत बिशेष महाधिवेशनमा पनि संघसँग संबन्धित नभएकी एक महिलालाइ पदाधिकारी बैठकमा नै बोलाएर प्रवक्ता हटाएर उनीलाई वक्ता बनाइएको रेकर्ड छ।

ADVERTISEMENT-----