NRNA NCC USA Official LOGO

NRNA:अमेरिकाका उम्मेदवारहरूसँग सार्वजनिक बहस अप्रिल २० सान फ्रानसिस्को, मे ११ शनिवार न्यूयोर्कमा

Hollywood Khabar March 07,2019 Comments

समुदाय र सञ्चारकर्मीहरूको सहभागितामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको आसन्न निर्वाचनका सन्दर्भमा विभिन्न सहरहरूमा सार्वजनिक बहस कार्यक्रमको आयोजना गरिने भएको छ।

अमेरिकामा रहेर नेपाली पत्रकारिता गर्दै आएका संचारकर्मी/पत्रकार तथा अनलाइन र पिन्ट मिडियाहरुको संयुक्त आयोजनामा एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन २०१९ का उम्मेदवारहरुको लागि सार्वजनिक बहसको आयोजना गरिएको हो।

आ–आफ्ना घोषित लक्ष र उद्देश्य पुरा गर्ने मार्गचित्र प्रस्टसँग समुदाय र सञ्चार कर्मीहरू समक्ष राख्न पाउन भन्नका लागि सार्वजनिक बहसको आयोजना गर्न लागिएको हो। सार्वजनिक बहस पछि उम्मेदवारहरूको दृष्टिकोण, दक्षता, क्षमता, सिप र कला सबै समक्ष प्रस्ट हुने छ।

यसरी समुदायमा गरिने प्रत्यक्ष बहसमा एनआरएनए अमेरिकाका सदस्य, पत्रकार र सहभागीहरूको प्रश्न र उम्मेदवारहरूको उत्तरले कार्यक्रमलाई पेचिलो बनाउने छ। अमेरिकाबाट सञ्चालित अनलाइन मिडियाहरूले कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने छन्।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र आइसीसी सदस्य अरू पदका उम्मेदवारहरूका लागि बोल्ने समय निर्धारण गरी कार्यक्रमलाई सहभागिता मूलक बनाइने छ। बहसमा संबन्धित राज्य च्याप्टरका उम्मेदवारहरुको समेत सहभागिता रहने छ। कार्यक्रममा उम्मेदवारहरूका लागि बोल्ने समय निर्धारण गरी कार्यक्रमलाई सहभागिता मूलक बनाइने छ।

आसन्न निर्वाचनका लागि उम्मेदवारी दाखिला भएपछि अप्रिल २०, २०१९ शनिवार सान फ्रानसिस्को र मे ११, २०१९ शनिवार न्यूयोर्कमा कार्यक्रम गर्ने तयारी भइसकेको छ भने बाकी सहरहरूमा उम्मेदवार र समुदायसँग परामर्श गरी कार्यक्रम तय गरिने छ ।

कृष्ण के सी

कार्यक्रम संयोजक

संचारकर्मी/पत्रकार र मिडियाहरुको संयुक्त अभियान, अमेरिका

मार्च ७, २०१९ बिहिबार