-एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

Hollywood Khabar April 03,2021 Comments

हलिउडखबर, अप्रिल ४, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन २०२१ को कार्य तालिका प्रकाशन गरेको छ।

एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगको कार्य तालिका अप्रिल ३, २०२१ मा प्रकाशन भएको हो। प्राप्त र सार्वजनिक गरिएको सूचना अनुसार, निर्वाचन मे २९-३०, २०२१ मा हुनेछ। निर्वाचनको नतिजा भने मे ३१, २०२१ मा प्रकाशित गरिने छ।

निर्वाचन आयोगले संघको राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदको चालु बिधानको ब्यबस्था अनुरुप निर्वाचन संबन्धि कार्य तालिका प्रकाशन गरेको हो। एनआरएनए एनसीसी निर्वाचन २०२१ संबन्धि सम्पूर्ण गतिबिधिहरुको यहाँ उल्लेख गरिएको छ, देहाय बमोजिम छन्।

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन कार्यतालिका २०२१

  • अप्रिल ३, २०२१ निर्वाचन संबन्धि कार्यतालिका प्रकाशन
  • अप्रिल ६, २०२१ मतदाताको लिष्ट कार्य समितिबाट ग्रहण गर्ने
  • अप्रिल १०, २०२१ मतदाताको पहिलो लिष्ट प्रकाशन। मतदाताको दावी-बिरोध सुरु
  • अप्रिल १३, २०२१ मतदाताहरुको दावी बिरोध ५:०० बजे पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने
  • अप्रिल १८, २०२१ मतदाताको अन्तिम लिष्ट प्रकाशन
  • अप्रिल १९-२०, २०२१ उम्मेदवारहरुको मनोनयन, अप्रिल २० को ११:५९ पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने
  • अप्रिल २५, २०२१ उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशन
  • अप्रिल २६, २०२१ उम्मेदवारहरुप्रति दावी-बिरोध, ११:५९ पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने
  • अप्रिल ३०, २०२१ उम्मेदवारहरुको लिष्ट प्रकाशन
  • मे ३, २०२१ उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने, ५:०० बजे सम्म, पूर्वीय समय
  • मे ८, २०२१ उम्मेदवारहरुको अन्तिम नमावली प्रकाशन
  • मे २९-३०, २०२१ निर्वाचन, दोश्रो दिनको ११:५९ पुर्बिय समय सम्म
  • मे ३१, २०२१ निर्वाचनको नतिजा प्रकाशन
  • जुलाई ३, २०२१ निर्वाचनबाट निर्वाचितहरुलाई सर्टिफिकेट वितरण, सपथ ग्रहण, टेकओभर र ह्याण्ड ओभर समारोह

निर्वाचन संबन्धि थप जानकारी हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:

https://nrnusa.org/