-NRNA अमेरिका चुनाब:बोर्ड सदस्यका उम्मेद्वार प्रकाश बस्नेत

NRNA अमेरिका चुनाब:बिस्तारै तर चर्चामा चढ्दै गरेका बोर्ड सदस्यका उम्मेद्वार प्रकाश बस्नेत

Hollywood Khabar May 10,2019 Comments

कृष्ण के सी/अमेरिका/५/११/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिकाको २०१९ निर्वाचनमा बिस्तारै तर चर्चामा अगाडी बढ्दै गरेका बोर्ड सदस्यका उम्मेद्वार हुन् प्रकाश बस्नेत।

नेपाली कांग्रेसको पारिवारीक राजनैतिक परिवेशबाट आएका बस्नेत ग्राजुएशन पछि रोजगारीको लागि सान फ्रान्सिस्कोबाट नर्थ क्यारोलिना सरेका हुन्।

युवा उमेरका बस्नेत सबै उमेर समुहमा उत्तिकै मिलनसार छन्। राजनैतिक र गैरराजनैतिक क्षेत्रमा पनि उनको सहभागिता समान रुपमा छ। भिजन, अथिकेण्टेशन, योजना र लजिकल कुरा गर्ने बस्नेतले यो निर्वाचनमा आफू उम्मेदवार भएर प्रचार गर्दैगर्दा थुप्रै कुरा सिकेको कुरा हलिउडखबरलाइ बताए।

भोट दिनैपर्छ भन्दा पनि हरेक क्षेत्रमा पुग्दा त्यहाँका जनसमुदायले आफूलाई सपोर्ट गर्ने प्रतिबद्धता गरेको बताउँछन् बस्नेत। आफू संगै अरु उम्मेद्वार त्यसमा पनि युवाहरुको लागि प्रचार समेत गर्छन उनि। आफ्नो फेसबुकवालमा दैनिक जसो अरु उम्मेद्वारका बारे केहि-न केही लेखेर प्रचार गरेका छन् बस्नेतले। यसो गर्दा एउटा टिमको प्रतिनिधित्व हुन्छ र आम मानिसहरुलाई उम्मेदवारहरूबारे धेरै जानकारी हुन्छ भन्छन उनि।

मे १० देखि न्यूयोर्क हुँदा पूर्वतर्फको यात्रामा लागेका बस्नेतले सबैलाई सहयोग गर्ने अनुरोध गरेका छन्। उनि यो एनआरएनए एनसीसी अमेरिकाको बोर्डमा धेरै युवाहरुको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिन्छन। हरेक ठाउँमा पुगेर विश्वास जित्दै विस्तारै चर्चामा पुग्दै छन् बस्नेत।