NRNA NCC USA Official LOGO

NRNA:एनसीसी अमेरिकाको निर्वाचन उत्साहपूर्व हुँदै, प्यानल भन्दा मिश्रित नतिजा आउने अनुमान

Hollywood Khabar May 17,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१८/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन मे १८-१९, २०१९ सुरु भएको छ।

मे १८-१९ सम्म दुइ दिन हुने निर्वाचनमा पहिलो दिनको निर्वाचन उत्साहपूर्वक हुँदै गेरको छ। धेरै सदस्य भएका न्यूयोर्क, टेक्सास र क्यालिफोर्नियाका मतदाताहरु मध्ये धेरैले आफूहरुले मतदान गरिसकेको बताएका छन्।

मतदान गर्न सुरुमा आइडि डकुमेण्ट भन्ने शब्दले अन्योल गरेता पनि त्यो मेम्बर आइडि भन्ने अनुमान लगाउन कन्फ्यूजनले केहि अन्योलता छाएको थियो। बिस्तारै आपसी संचारले त्यो समस्या समाधान भयो।

हालसम्मको मददान स्थिति हेर्दा आज राति धेरै मतदान हुने अनुमान गरिएको छ। केहि प्रमुख पदका उम्मेद्वारहरुले उनीहरुको नेटवर्कको मत खसेको रिपोर्टका अनुसार भोलि बिहान सम्ममा लगभग ६००० देखि ७००० सम्म मत खस्ने अनुमान गरिएको छ।

९१७२ सदस्य संख्यामा यो पटक अत्याधिक मत खस्ने अनुमान गर्छन उम्मेद्वारहरु। सबैको भनाइको सरदर जोडेर हेर्दा ८००० भन्दा धेरै मत खस्ने अनुमान हुन आएको छ। खसेको मतको सर्भेक्षण गर्दा यो पटक बिचका पदमा प्यानल भन्दा मिश्रित नतिजा आउने देखिएको छ। बाहिर यो या त्यो भनेर पहिलाको जस्तो प्यानल चिट वितरण गरिएता पनि धेरै ठाउँमा आपसी रुपमा आफ्नै लिष्ट बनाएर मत दिएको देखिएको छ।

कतिपयले उम्मेद्वारहरुको फेसबुक हेरेर पनि मतको निर्णय गरेको बताए। केहि व्यक्तिहरुले यसलाई मत देउ भन्दैमा अब यो स्थिति बिस्तारै गिर्दो रुपमा गएको देखियो। वास्तावमा यस्तो हुनु खुशीको कुरा पनि हो।