-विश्व बराल, प्रमुख निर्वाचन आयुक्त, एनआरएनए एनसीसी अमेरिका

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवारमा ४ जना मात्र लाम्सालको उम्मेदवारी रद्द

Hollywood Khabar May 01,2021 Comments

हलिउडखबर, मे १, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले २०२१-२०२३ कार्यकालको लागि अध्यक्षका लागि मनोनयन दर्ता गर्नेमध्ये दावी-बिरोधपछि भ्यालिडह भएका ४ उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ।

यसपूर्व निर्वाचन आयोगले अन्य पदका उम्मेदवारहरुको दोश्रो लिष्ट अप्रिल ३०, २०२१ मा प्रकाशित गरेको थियो। एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगको आधिकारिक सूचना हेर्नको लागि यो लिंक क्लिक गर्नुहोस:

https://www.nrnusa.org/media/election_document/Notice-16-Notice_on_Presidential_Candidates_list_publication.pdf

प्रकाशित उम्मेदवारहरुको बिस्तृत विवरण हेर्नको लागि यो लिंक क्लिक गर्नुहोस:

https://www.nrnusa.org/media/election_document/Publish_Presidential_Candidates-List_2.pdf

प्रकाशित लिष्टमा अध्यक्षका ५ उम्मेदवारहरु मध्ये ४ जनाको मात्र नाम प्रकाशित गरिएको छ। पहिलो लिष्टमा अध्यक्षमा ५, बरिष्ठ उपाध्यक्षमा डा अर्जुन बन्जाडे, उपाध्यक्ष बुद्दि सुबेदी, बोर्ड सदस्य तिलक के सी र पूर्व बोर्ड सदस्यहरु कृष्ण लामिछाने र सुर्य अलम्साल थिए। पहिलो लिष्ट प्रकाशित पछि तिलक के सीले सुर्य लम्साल बिरुद्द दाबी गरेपछि कानुनि परामर्श लिएर लम्सालको उम्मेदवारी रद्द गरिएको बताइएको छ।

हलको बिधान अनुसार संघको बिरुद्दमा मुद्दा गर्नेको उम्मेदवारी रद्धहुने ब्यबस्था रहेको छ। स्मरण रहोस यो पटकको लागि एनसीसी अमेरिकाका २० हजार १ सय ३९ जना मतदाताहरु रहेका छन्।

अब उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिने समय सुरु भएको छ। मे ३, २०२१ साँझ ५:०० बजे (पूर्वीय समय) सम्ममा उम्मेदवारहरुले उम्मेदवारी फिर्ताको फर्म बुझाइ सक्नुपर्नेछ। उम्मेदवारी फिर्ता लिनेको शुल्क भने फिर्ता हुनेछैन संस्थाको कोषमा जानेछ। उम्मेदवारहरुको अन्तिम नामावली भने मे ८, २०२१ मा प्रकाशित गरिनेछ।

उम्मेद्वारी फिर्ता लिने फर्मको लिंक:

https://www.nrnusa.org/media/election_document/NRNA_NCC-USA_Election_Candidacy_Withdrawal_Form.pdf

संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए अमेरिका:उम्मेदवारहरुको दोश्रो लिष्ट प्रकाशित, अध्यक्षका उम्मेदवारहरुको नाम बाँकी

एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशित, नाम सहित

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ