-एनआरएनए एशिया प्याशिफिक क्षेत्रका U19 बक्तृत्वकला प्रतियोगिता अगष्ट ९ मा

एनआरएनए एशिया प्याशिफिक क्षेत्रका U19 बक्तृत्वकला प्रतियोगिता अगष्ट ९ मा

Hollywood Khabar July 15,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्याशिफिक क्षेत्रका युवाहरुको बक्तृत्वकला प्रतियोगिता अगष्ट ९, २०२० मा हुँने भएको छ।

एशिया तथा प्रशान्त क्षेत्रका युवा कमिटिको आयोजनामा सो बक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको हो। राष्ट्रको लागि मेरो सपना (my dream for the nation)

शीर्षकमा रहेर नेपाली र अंग्रेजी दुवै भाषामा एशिया प्याशिफिक स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिन लागिएको हो।

एनआरएनए एशिया प्याशिफिक युवा संयोजक दीपक कँडेलले सम्बन्धित देशका स्थायी प्रमाणपत्र पनि लिई दोस्रो पुस्तासम्म बिताइ सक्नु भएका अभिभावकहरुका बालबालिकाहरुलाई नेपाल राष्ट्र र राष्ट्रियतासँग प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो।

सयोजक कँडेलका अनुसार प्रतियोगितामा सहभागिताको लागि नेपाल बाहेक एशिया प्याशिफिक क्षेत्रमा बसोबास गर्ने विद्यार्थी हुनुपर्नेछ। अनलाईन जुम प्रबिधि मार्फत (अडियो, भिडियो) हुने सो प्रतियोगितामा सहभागि हुन १९ वर्ष नकाटेको हुनुहुपर्नेछ। प्रत्येक प्रतियोगिले बढीमा ३ मिनेट सम्मको भिडियो पठाउनु पर्नेछ। इच्छुक विद्यार्थीहरुले आफू बसेको देशमा रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मार्फत भिडियो पठाउनु पर्नेछ।

त्यसपछि, एनआरएनएका सम्बन्धीत एनसीसीहरुले बढीमा तीन जनाको छनौट गरि एशिया प्रशान्त क्षेत्रीय कमिटिमा पठाउनेछ। कमिटिमा पुग्न सफल प्रतियोगि मध्येबाट जुम मार्फत भिडियोहरु लाईभ गरिनेछ। फाइनलमा पुग्ने प्रतियोगिले आफनो प्रस्तुति ३ मिनेट भित्र राखीसक्नु पर्नेछ। प्रतियोगिताको लागि तीन जना निर्णायक मण्डल रहनुहुनेछ।

कार्यक्रम आगामी अगस्ट ९, २०२० आइतबार नेपालको समय अनुसा दिनको ३:०० बजे सुरु हुनेछ।

प्रतियोगितामा विजेतालाई नगद तथा सर्टीफिकेटको ब्यवस्था गरिएको छ। पहिलो हुनेलाई १ लाख रुपैयाँ, दोस्रो हुनेलाई साठी हजार, तेस्रो हुनेलाई चालिस हजार रुपैयाँ नगद पुरस्कारको ब्यवस्था गरिएको छ।

गैरआवासीय नेपाली संघ

मिडिया एण्ड पब्लिकेशन कमिटी

जुलाई १६, २०२०