-NRNA:एनआरएनए आइसीसीको सचिवमा वर्तमान आरसी गौरी जोशी उम्मेद्वार हुने

NRNA:एनआरएनए आइसीसीको सचिवमा वर्तमान आरसी गौरी जोशी उम्मेद्वार हुने

Hollywood Khabar August 20,2019 Comments

कृष्ण के सी/अमेरिका/८/२१/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी २०१९-२०२१ कार्यकालको लागि गौरीराज जोशी सचिवमा उम्मेद्वार हुने भएका छन्।

टेक्सस राज्यमा बस्ने जोशी हाल एनआरएनए आइसीसीको अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक हुन्। यसबाहेक जोशीले एनआरएनए आइसीसीको Management Information System (MIS) टास्कफोर्सको संयोजकको जिम्मेवारी पनि लिएका छन्।

नेपालको चितवन जिल्लामा जन्मिएर १९९७ देखि अमेरिका आएका जोशी कम्प्यूटरका ग्राजुएट हुन्। त्यसपछि उनले सोहि क्षेत्रमा ब्यबसाय गरेका छन्। जोशीको आइटी बाहेक रियल स्टेटको ब्यबसाय पनि छ। नेपालमा चाहिं उनको होटल, हाइड्रो, बैंकिंङ, इन्सुरेन्स लगायतका क्षेत्रमा लगानी रहेका छन्।

आफ्नो क्षेत्रीय संयोजकको कार्यकालमा क्षेत्रीय स्तरको बिज्ञ सम्मेलनको सफलतापूर्वक सम्पन्न। Membarship Information System (MIS) अर्थात पंजीकृत सदस्यता लिने र दिने ब्यबस्थाको केन्द्रिय ब्यबस्थापनमा उल्लेखनिय योगदान दिएको। अमेरिका र क्यानाडाको चुनाव सम्पन्न गराउनु र संघका चालु प्रोजेक्टहरुमा थप योगदान दिनु नै उल्लेखनिय कुरा भएको दावी जोशीको छ।

यो पटक गैरआवासीय नेपाली संघको सचिवालयलाइ प्राबिधिक र सुविधा सम्पन्न रुपमा सबै क्षेत्रको लागि पहुँच हुने किसिमले विकास गर्नको लागि सचिव पदमा आकांक्षी भएको कुरा जोशीले गरे। अबको संघको सचिवालय भनेको शशक्त र एकदमै अप्टुडेट हुनुपर्छ। भिजन २०२० को लागि त अझै क्षेत्रीय सचिवालय पनि आवश्यक हुन सक्छन। सूचना र संघको संस्थागत विकासमा अमेरिकाले दिन सक्ने योगदान आइइएसमा अनलिमिटेड छन्। तिनलाई पुरा गर्न पनि आफू सचिवको लागि आकांक्षी भएको कुरा जोशीले गरे।

यसबाहेक आफू आउने केहि बर्ष संघको लागि सेवा गर्न र सक्दो रुपमा सहभागी हुन पनि अगाडि आएको जिकिर उनको।