NRNA Official Seal/Logo

NRNA:हेलिकप्टर दुर्घटनाप्रति संघ परिवार स्तब्ध, देहवसान भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली

Hollywood Khabar February 26,2019 Comments

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारी चढ्नु भएको हेलिकप्टर दुर्घटनामा परेको र त्यसमा सबार सबैको देहवसान भएको खबरबाट समस्त गैरआवासीय नेपाली संघ परिवार स्तब्ध भएको छ ।

दुर्घटनामा माननीय मन्त्री अधिकारी, यति एयरलायन्सका प्रबन्ध निर्देशक एवं नेपालका अग्रणी पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायत ७ जनाको मृत्यु भएकोमा संघ गहिरो शोक प्रकट गर्दछ ।

नेपालको राजनीतिमा समाजसेवी तथा युवा नेताका रुपमा चिनिनु भएका अधिकारीसंग संघको गहिरो सम्बन्ध र सहकार्य रहेको थियो । पर्यटन मन्त्रीको पद सम्हाले पछि नेपालको पर्यटन प्रबर्धनको लागि उहाँले नेपाल पहिचानको लागि गर्नु भएका पहलहरु हाम्रा निम्ति चीरस्मरणीय रहने छन् ।

गैरआवासीय नेपाली संघले अमेरिकामा आयोजना गरेको विज्ञ सम्मेलनमा उहाँले दिनु भएको मन्त्वय अझ सम्म हाम्रो स्मरणमा ताजै छ । श्री अधिकारीको निधनबाटमुलुकले एक असल राष्ट्रवादी र एक होनहार युवा नेता गुमाएको छ ।

यस दुखद घडीमा सबै गैरआवासीय नेपालीहरु र संघका तर्फबाट दिवगंत सबैको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । यसैगरी अधिकारी,शेर्पा लगायत दिवगंत हुनु भएको सबैको परिवारजनहरुमा यस शोकको घडीमा धैर्यधारणा गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसंग प्रार्थना गर्दछौं ।

भूषण घिमिरे

प्रवक्ता

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद