-एनआरएनको अनुरोध:नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ

एनआरएनको अनुरोध:नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ

Hollywood Khabar May 12,2021 Comments

नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ, नेपालमा हाल निकै नै उच्च गतिमा कोभिड –१९ को संक्रमण फैलिएर स्वास्थ्य संकट चुलिँदै गएको छ।

दिनहुँ बढीरहेको संक्रमण र त्यसबाट अस्पतालमा बढेको चापका कारण न्यूनतम स्वास्थ्य सेवा लिन पनि कठिनाई परिरहेको अवस्था छ। अस्पतालमा आइसियू, बेड, अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामाग्री समेतको अभाव हुँदा मृत्युको ग्राफ पनि उकालो लाग्दो क्रममा छ। समग्र मुलुकभर मृत्युको डरलाग्दो कहर छ। देशैभरि कोभिड–१९ महामारीको दोस्रो लहर भयावह रुपमा फैलिरहेको खबरले प्रवासमा रहेका हामी सबैको मन आत्तिएको छ। जीवन रहे पो जगत रहन्छ, राष्ट्रियता र आफ्नोपन रहन्छ ।

तसर्थ यस विषम परिस्थितिमा नेपाली दाजुभाई दिदीबहिनीको जीवनरक्षाका लागि जो जहाँ छौँ त्यहीबाट यथाशक्य आर्थिक सहयोग उपलब्ध गराइदिनुहुन हार्दिक अपिल गर्दछौँ । यो कठिन घडीमा तपाई हाम्रो सानो सहयोगले पनि कयौंको ज्यान जोगाउन सकिन्छ । हामी सबैको साझेदारी बिना मातृभूमिप्रतिको जिम्मेवारी पूरा गर्न कठिन छ ।

तसर्थ, तपाईहरु पनि यस महान अभियानमा जोडिएर आफूले सकेजति आर्थिक मात्रै नभई, स्वास्थ्य सामाग्री, (पीपीई, मास्क, उपकरण, अक्सिजन सिलिन्डर) र अत्यावश्यक औषधी समेत सहयोग गर्न सक्नुहुनेछ । आउनुहोस्, सबै मिलेर यस विषम परिस्थितिको मिलेर सामना गर्दै नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ । आफू बाचौँ र आफ्ना सबैलाई पनि बचाऔँ ।

तसर्थ यस कार्यको लागि सहयोग रकम तलको खातामा जम्मा गरी सहयोग गर्नको लागि हार्दिक अनुरोध गर्दछौ ।

BOK Account number:

Account Number: 012500000402524

Account Name: NRNA Charity Fund

Bank Name: Bank of Kathmandu

Branch:Tripureshwor

Swift Code: BOKLNPKA

 

भवदीय

 

महेश कुमार श्रेष्ठ

कोषाध्यक्ष

 

कुमार पन्त

अध्यक्ष

गैरआवासीय नेपाली संघ

May 13, 2021