NRNA General Secretary Dr Badri KC

NRNA: संघको सदस्यता MIS मा अनिवार्य हो यसलाई छिटो लाइभ गरौ: महासचिव डा के सी

Hollywood Khabar February 08,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघले आफ्नो ग्राण्ड भिजन २०२० एण्ड बियोण्ड गत २०१७ को विश्व सम्मेलनबाट पास गरेको थियो। सोहि अन्तर्गतको एउटा पाटो विश्व भरिका गैरआवासीय नेपालीहरुलाई एउटै केन्द्रिय सिष्टम (MIS) बाट सदस्यता दिने हो।

हाल सो सिष्टम नयाँ भर्शनमा तयार भएर आएको छ। आइटी टीमले यसलाई परिमार्जन सहित टेस्ट गरेर ल्याइसकेको छ। यो आइटी टिमलाई संघको अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीले नेतृत्व गर्छन। यसलाई लाइभ गर्न एनसीसी अमेरिकालाई पहिला नै इमेल गरिएको छ अाइसीसी महसचिब डा के सीले जानकारी दिनुभयो ।

यति मात्र होइन यसको लाइभ गर्नुपूर्व संघका महासचिव डा बद्रि के सीको सयोजकत्वमा गठित Policy and Procedure कमिटी, संघको मिडिया कमिटी समेतबाट MIS सिष्टमबारे प्रचार गर्न भनिएको थियो।

अब संघमा यसलाई पक्ष र विपक्ष जस्ता कुराले होइन सबैले एकै सोचमा लागु गर्न छिटो भन्दा छिटो सहभागी हुनु जरुरी छ। व्यक्तिगत स्वार्थ, हिडन एजेण्डा र निर्वाचन जस्ता कुरालाइ लिएर संघको निर्विवादित रुपमा भएको निर्णयलाई नमान्ने हो भने विकल्पको लागि तयारी हुनु पनि पर्छ।

यसलाई संघका महासचिव डा बद्रि के सीले यो संघको अन्तराष्ट्रिय परिषदको ६५ औं बैठकबाट अनिबार्य रुपमा लागु गर्न निर्णय भएको जानकारी दिनुभएको छ। यो विकल्प र सुझाव होइन अनिवार्य हो यसलाई जतिसक्दो छिटो कार्यान्वयन गरौ महासचिव डा के सीले भन्नुभयो।

तत्काल अमेरिकामा सदस्यता संबन्धि काम भैरहेकोले यहि समयमा यसलाई कार्यन्वयन गर्न दोश्रो पटक इमेल गरी सकिएको छ महासचिव डा के सीले उल्लेख गर्नुभएको छ. अाइसीसीबाट पारित यो प्रोजेक्ट अनिवार्य रुपमा लागु गर्ने निर्णय गरेको छ।

स्मरणिय कुरा, MIS को लाइभ गर्न चाहिने केहि आधिकारिक सूचना दिनुको सट्टा संघको राष्ट्रिय समन्वय परिषद अमेरिकाले उल्टा मिडियामा किन गएको भन्ने जस्ता बखडा गर्न थालेको छ। अमेरिकाका गैरआवासीय नेपालीहरुले भने, ठिकै छ MIS ढिला गर्ने भए गर तर जहिले कार्यान्वयन गर्ने हो त्यसपछि अर्को एक महिनाको लागि सदस्यता लिने अबधि थप्नुपर्छ।