-एनआरएनए एमआइएस सिष्टमबाट सदस्यता दर्ता फर्म लाइभ, लिंक सहित

एनआरएनए एमआइएस सिष्टमबाट सदस्यता दर्ता फर्म लाइभ, लिंक सहित

Hollywood Khabar December 17,2020 Comments

कृष्ण के सी, अमेरिका/१२/१७/२०२०

गैरआवासीय नेपाली संघले उपरान्त देखि संघको सदस्यता दर्ता Membership Information System (MIS) बाट गर्ने भएको छ।

एमआइएस सिष्टम संबन्धमा संघका महासचिव डा हेम राज शर्माद्वारा डिसेम्बर १७, २०२० मा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्ष र महासचिवहरुलाई एक सर्कुलर जारि गरिएको छ।

सर्कुलर अनुसार:

  • संघको सदस्यता दर्ताको लागि Membership Information System (MIS) लाइभ गरिएको छ। अब संबन्धित देशका गैरआवासीय नेपालीहरुले एनसीसी भएको देशमा एनसीसीको वेबसाइट र अन्यथा गैरआवासीय नेपाली संघको केन्द्रिय वेबसाइटमा गएर पनि रजिष्ट्रेशन फर्म भर्न सक्नेछन
  • तत्काल गुगल एप स्टोरमा समेत सिष्टम उपलब्ध छ। एप्पल एप स्टोरमा केहि समय पछि उपलब्ध हुने जानकारी गराइएको छ
  • फर्ममा Artificial Intelligence for Facial Recognition बिधिको प्रयोग गरिएको छ। यसले अपलोड गरेको आइडीको फोटो र सेल्फी फोटोको परिक्षण र पहिचान गर्नेछ
  • सदस्यता शुल्क PayPal र Stripe दुवैबाट तिर्न सकिनेछ
  • सम्पूर्ण एनसीसीहरुले MIS लाइ प्रयोग गर्न संघको आइटी डिपार्टमेन्टसँग support@nrna.org मा सम्पर्क गर्न भनिएको छ
  • सम्पूर्ण एनसीसीहरुले सिष्टमलाइ परिक्षण गरिसके पछि कार्यान्वयनमा जानुपूर्व एनसीसी र आइसीसीबीच संझौता (MOU) मा हस्ताक्षर गरिनेछ। संझौता पत्रमा सदस्यहरुको सूचनाको सुरक्षा, एनसीसीका जिम्मेवार व्यक्ति, डाटा स्टोरेज लगायतका कुरा हुनेछन
  • यो पटक MIS विकल्प नभएर बैधानिक रुपमा नै अनिवार्य भएको कुरा सर्कुलरमा उल्लेख गरिएको छ
  • MIS सदस्यताको लागि मात्र नभएर SMART NRNA को एक भाग हो। त्यसैले यो संगै संघाक निर्वाचन प्रणाली, सदस्यहरुको बेनिफिट, परिचय पत्र, इन्ट्री/हल पास, लगायत थुप्रै कुरा जोडिएका छन्
  • त्यसैले यसलाई कार्यान्वयन गर्न समयमै पहल गर्न सकुलर मा उल्लेख गरिएको छ

फर्म भर्नको लागि तलको लिंक क्लिक गर्नुहोस

https://mero.nrna.org/user/register

**फर्म लाइभ गरिएता पनि प्राबिधिक रुपमा भने अमेरिकाको लागि फर्म खुलेको छैन। प्रमाणको लागि स्क्रिनशट तल उपलब्ध गराइएको छ: