NRNA: जापानमा आएको बर्षा र बाढीबाट नेपालीहरु सुरक्षित

Hollywood Khabar July 11,2018 Comments

प्रेस विज्ञप्ति
जापानको दक्षिण पश्चिमी भेगमा पर्ने हिरोसिमा, इहीमे, ओकायामाका साथै ओशाका, यामागुची फुकुओका र तोकुसिमा क्षेत्रमा अविरल वर्षापछि आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघ अत्यन्त दुखी भएको छ ।

विशेषगरी जापान र नेपालको सुमधुर सम्बन्ध सदियौंदेखि रही आएको र बहुसंख्यक नेपालीहरु समेत जापानमा बसोबास गर्दै आएकाले पनि जापानले प्राकृतिक विपत्तिका कारण भोग्नुपरेको क्षतिप्रति हामी अत्यन्त मर्माहत भएकाछौँ । बाढीका कारण १ सय ७९ जनाको ज्यान गएको र धरै संख्यामा मानिसहरु हराइरहेका छन् ।

यो प्राकृतिक विपत्ति सुरु भएको देखि नै यस सम्बन्धमा संघ निरन्तर रुपमा राष्ट्रिय समन्वय परिषद् जापानसंग सम्पर्कमा रहेको र जापानमा रहेका नेपालीहरुलाई हाल सम्म ठूलो क्षति नभएको सूचना प्राप्त भएको छ ।  साथै संघले राष्ट्रिय समन्वय परिषद् जापानलाई सम्बन्धित स्थानीय सरकार र त्यहाँ रहेका नेपालीहरुसंग सम्पर्कमा रहन र आवश्यक परे सहयोग गर्न समेत अनुरोध गरेको छ ।

अन्त्यमा, जापानले व्यहोर्नुपरेको जनधनको क्षति एवं प्राकृतिक प्रकोपको यस संवेदनशील घडीमा संघ भावनात्मक साथ र समर्थन व्यक्त गर्दै मृतकप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

भूषण घिमिरे
प्रवक्ता
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
मितिः १२ जुलाई २०१८