NRNA ICC President Mr Bhaban Bhatta

NRNA ICC अध्यक्ष भट्टको निर्णयलाइ मान्दै यथास्थितिमा नै एनसीसी अमेरिकाको निर्वाचन सुरु

Hollywood Khabar May 17,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१८/१९

गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन मे १८-१९, २०१९ सुरु भएको छ।

९१७२ पंजीकृत सदस्यता संबन्धि केहि प्रश्न उठेर क्षेत्रीय संयोजक गौरीराज जोशीले छानविन गर्न गरेको अनुरोधलाइ मान्दै संघको अन्तराष्ट्रिय परिषदका महासचिव डा बद्रि के सीको संयोजनमा गतिरोधको निर्णय भयो। निर्णय अनुसार ५ सदस्य छानविन कमिटि बन्यो। २४ घन्टाको छानविनबाट २०९३ जना सदस्यको श्रोत नखुलेको प्रतिवेदन पेश भयो।

सो प्रतिवेदनपछि उत्पन्न विवादमा अध्यक्षका उम्मेद्वारहरु सुर्य लम्साल र संजय थापाको लिखित असहमति थियो। उनीहरुले २०९३ सदस्य हटाउनुपर्छ भनेका थिए। सो प्रस्तावलाइ आरसी गौरी जोशीले समर्थन गरेका थिए। अर्का अध्यक्षका उम्मेद्वार सुनिल साह निर्वाचनको पक्षमा थिए। तर एनसीसी अमेरिकाका अध्यक्ष डा केशब पौडेलले ति सदस्यहरु छानविन कमिटि बन्नुपूर्व नियमति समयमा बनेका, सबै डाटा उपलब्ध छन् अध्यक्ष डा पौडेलले बताए। उनले ति सबै सदस्यको जिम्मेद्वारी आफूले लिने निर्वाचन समयमा नै हुनुपर्ने बताए। त्यसपछि संघका अन्तराष्ट्रिय परिषद अध्यक्ष भबन भट्टले यथास्थितिमा नै निर्वाचनमा जान निर्यण दिएका थिए।

एनआरएनए एनसीसी बोर्ड र २० राज्य च्याप्टर सहितको निर्वाचन सुरु भएको छ। मे १८, ८ बजे पूर्वीय समय बिहान सुरु भएको निर्वाचन मे १९ प्यासिफिक समय रातको ११:५९ मा बन्द हुनेछ। अमेरिकाको पूर्वीय समय प्यासिफिक समय भन्दा ३ घण्टा अगाडि छ।