Hollywoodkhabar advertisement

एनआरएनए अमेरिका:डा चिरन्जीवी भट्टराई साउथ क्षेत्रको आरसीसी पदमा उम्मेदवार

-एनआरएनए अमेरिका:डा चिरन्जीवी भट्टराई साउथ क्षेत्रको आरसीसी पदमा उम्मेदवार
0
shares

हलिउडखबर, मे १, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनमा डा चिरन्जीवी भट्टराई दक्षिण क्षेत्रको क्षेत्रीय कमिटी संयोजक (आरसीसी) पदमा उम्मेदवार भएका छन्।

नेपालको तनहुँ जिल्ला बन्दीपुरमा जन्मे हुर्केका भट्टराईले काठमाण्डौको जेपी स्कूल क्षेत्रपाटीबाट हाइस्कूल गरेका हुन्। त्रिभुवन बिश्वोबिधालय महाराजगंजबाट हेल्थ असिस्टेन्ट गरेपछि ७ बर्ष नेपाल सरकारको जागिर गरे। त्यसपछि आयुरबेधमा बिएएमएस गरेपछि पनि २ बर्ष नेपाल सरकारको काम गरे।

बिधार्थी हुँदा भट्टराई नेपाल बिधार्थी संघको राजनीतिमा सक्रिय थिए। महाराजगंज क्याम्पसमा स्वतन्त्र बिधार्थी युनियनको सदस्य देखि नेपाल बिधार्थी संघ संघको एकाइ सचिव सम्मको जिम्मेवारी पुरा गरेका थिए।

२००८ मा अमेरिका आएपछि भने भट्टराई नर्थ क्यारोलिनामा बस्दै नेपाली जनसम्पर्क समितिको राजनीतिमा सरिक भए। २०१४ देखि सोहि राज्य च्याप्टर अध्यक्ष पनि भएका छन्।

२०१४ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्य भएका डा भट्टराई हाल भने आजीवन सदस्य हुन्। यति मात्र होइन २०१९-२०२१ को समयमा डा भट्टराई एनसीसी अमेरिकाको सल्लाहकार पनि छन्। यसका साथै २०१७ मा मेम्बेर्शिप भेरिफिकेशन कमिटी, हाल हेल्थ कमिटी लगायत थुप्रै टास्कफोर्समा समेत भट्टराईले काम गरेका छन्।

यो पटक डा चिरन्जीवी भट्टराई दक्षिण क्षेत्रको क्षेत्रीय कमिटी संयोजक (आरसीसी) पदमा उम्मेदवार भएका छन्। डा भट्टराईले अध्यक्षका उम्मेदवार बुद्धि सागर सुबेदीसंग चुनावी सहकार्य गर्दै आएका छन्।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

3 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----