कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपालीहरुको लागि राजनैतिक अधिकार बाहेक सबै अधिकार सहितको नागरिकता प्रदान गर्ने ब्यबस्था नेपालको संबिधानको धारा १४ मा ब्यबस्था गरिएको छ।
गैरआवासीय नेपाली नागरिकताको संबैधानिक अधिकारीलाइ संसोधन गर्दै ऐन समेत ल्याउन संसदबाट पास हुने क्रममा रहेको उक्त बिषयमा नागरिकताको खारेजी हुने सक्ने भन्ने नयाँ ब्यबस्था समेत थपिएको छ।
गैरआवासीय नेपाली नागरिकता लिएका गैरआवासीय नेपालीहरु मध्ये कसैले नेपाल विरोधी काम गरेमा उसको गैरआवासीय नेपाली नागरिकता खारेज समेत हुन सक्नेछ।
नेपाली नागरिकताको ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ को पस्तावित विधेयकमा गैरआवासीय नेपाली नागरिकलाई यस्तो थप प्रावधान राखिएको छ। गैरआवासीय नेपाली नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता विपरीत काम गरेमा कारबाहीको व्यवस्था भन्दै सो प्रावधान गरिएको छ। संसदमा पेस गर्नको लागि राज्यव्यवस्था तथा सुशासन समितिले तयार पारेको सो प्रस्तावित बिधेयकमा यस्तो ब्यबस्था गरिएको हो।
समितिले तयार पारेको प्रस्तावित बिधेयकमा गैरआवासीय नेपाली नागरिकता लगभग दोश्रो-तेश्रो पुस्ताबाट लिन नै नसक्ने खालको प्रावधानहरु समेत थप गरिएका छन्। नागरिकता लिन चाहनेहरुले नेपालको प्रचलित मध्ये कुनै एक भाषा बोल्न मात्र होइन लेख्न समेत सक्नुपर्दछ अन्यथा नागरिकता पाइंदैन।
यति मात्र होइन नेपाली दूतावासबाट पनि नागरिकता लिन पाउनु पर्ने मागलाइ पनि लत्याएर नेपालमा नै त्यो पनि पुर्खौली जिल्लामा गएर, नेपालका प्रचलित भाषाको लिखित र मौखिक परिक्षा पास गरेपछि मात्र गैरआवासीय नेपाली नागरिकता दिन सकिने या दिन नसकिने कुनै अवस्था हुन सक्छ।
यसप्रति गैरआवासीय नेपाली संघका नेतृत्व र नागरिकताको निरंतारताको समिती संयोजक राम प्रताप थापाले यस अघिनै सो बिषयमा बिरोध गर्दै सबै क्षेत्रबाट पहल गर्न आब्हान गरेका छन्।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...