-एनआरएनए राष्ट्रिय समन्वय परिषद चीनद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए राष्ट्रिय समन्वय परिषद चीनद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

Hollywood Khabar April 04,2021 Comments

५ अप्रिल २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले सचिवालयको परिसरमा रक्तदान कार्यक्रमको आयोजना गर्‍यो। उक्त रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटि केन्द्रिय रक्त संचार ब्लड बैंकले प्राविधिक सहयोग गरेको थियो । यस कार्यक्रममा ५० जना व्यक्तिहरुले रक्तदान गर्नु भएको थियो।

गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनका अध्यक्ष प्रदीप न्यौपाने, एनसिसि चीनका पदाधिकारीहरु, संरक्षकहरु, गैरआवासीय नेपाली संघ मानार्थ परिषद् सदस्य विनोद भट्टराई, खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरी, ओलम्पियन दिपक विष्ट र निशा रावल, सार्क गेमका स्वर्ण पदक विजेता आयशा शाक्य र मण्डेकाजी श्रेष्ठ, खेलकुद प्रतिष्ठानका पदाधिकारीहरु लगायत गैरआवासीय नेपालीहरुले रक्तदान गर्नु भएको थियो।

एनसिसि चीनका अध्यक्ष न्यौपानेले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुका साथै यस कार्यमा सहयोग गर्नु भएकोमा केन्द्रिय रक्तसंचार ब्लड बैंकका निर्देशक दिब्य राज पौडैल लगायत उहांका टिम प्रति आभार प्रकट गर्नु भयो ।

सचिवालय,

गैरआवासीय नेपाली संघ