-एनआरएनए अमेरिकाको ९ औं साधारण सभा-भेदभावपूर्ण, मर्यादामा गंभिर त्रुटी

एनआरएनए अमेरिकाको ९ औं साधारण सभा-भेदभावपूर्ण, मर्यादामा गंभिर त्रुटी

Hollywood Khabar July 03,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको ९ औं साधारण सभा जुलाई ३ देखि हुँदैछ।

हाल संसारमा नै चर्चित रुपमा चलेको Zoom प्रबिधिबाट आयोजना गरिएको यो ९ औं साधारण सभासंगै नलेज कन्भेन्शन पनि गर्ने भनिएको छ। सभाको उद्घाटन सत्र नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कुरा लाइभमा देख्न सकिन्छ।

गैरआवासीय नेपाली संघ नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको हुनाले लाइन मिनिष्ट्री र विदेशस्थित नेपाली कुटनैतिक क्षेत्रसंग यसको नजिकको संबंन्ध रहन्छ। सभामा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त बिशेष अतिथि हुनुहुन्थ्यो। त्यसैगरी अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, नेपालका केहि सभासद र नेपाली काँग्रेस पार्टीका केहि नेताहरु अतिथिको रुपमा देखिएका थिए।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनिल साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गराइएको आशन ग्रहण हेर्दा गंभिर त्रुटी देखिन्थ्यो। संघको कार्यक्रममा प्रमुख अतिथिपछि संघका अध्यक्ष कुमार पन्तलाइ एड्रेश गर्नुपर्नेमा नेपाली काँग्रेसका नेता डा शेखर कोइराला लगायतका नेता पछि मात्र अन्तमा गराइयो। अध्यक्षलाइ नै धकेल्नु भनेको गल्ति होइन अपमान गर्ने नियत हो भन्न सजिलै सकिन्छ।

त्यसैगरी, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीलाइ पनि धेरै पछाडी मात्र संबोधन गरियो। गैरआवासीय नेपाली संघका कार्यक्रमहरुमा राजदूतहरु बिशेष दर्जामा पर्नुहुन्छ। अझै नपुगेर संघका अन्तराष्ट्रिय परिषद उपाध्यक्षहरु, महासचिव, सचिव, क्षेत्रीय संयोजक, क्षेत्रीय उपसंयोजक, महिला र युवा संयोजकहरुलाई अमेरिकाका पूर्व एनसीसी अध्यक्ष भन्दा पनि पछाडि राख्यो।

शुभकामना मन्तब्यमा आइसीसीका पूर्व उपाध्यक्ष कुल आचार्यलाइ प्रथमिकतामा राखियो। तर उपस्थित रहेका वर्तमान उपाध्यक्षहरु डा बद्रि के सी, रविना थापा, महासचिव डा हेम राज शर्मा, सचिव गौरी जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ, क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक राम पोखरेल लगायतलाइ मर्यादामा राखिएन। यो कार्यक्रम हेर्दा सामान्य लाग्छ तर त्रुटि भने गंभिर नै थियो।

अझै अचम्मको कुरा त संघका अध्यक्ष कुमार पन्त लगायतलाइ कार्यक्रम कुनबेला के हुने र कतिबेला संबोधन गर्नुपर्ने जानकारी नै थिएन। संघका महासचिव डा हेम राज शर्माले इमेल नै लेखेर कन्भेनर डा अर्जुन बन्जाडेलाइ धेरै पटक कार्यक्रमको बिस्तृत जानकारी पाउनको लागि सोद्धा लिंक हेर्नु भन्ने जवाफ दिएको देखिन्छ। कार्यक्रमको जानकारी एनसीसी अमेरिकाकै कार्यसमितिलाई थिएन भनेर एकजना पधाधिकरिले नै बताए। सबै क्षेत्रका क्षेत्रीय युवा संयोजकलाइ संबोधनको समय दिइयो तर आफ्नै क्षेत्रकी क्षेत्रीय युवा संयोजक विमला सापकोटालाइ भने मौका नै दिएको देखिएन।

त्यसैगरी, कारण त थाहा भएँ तर अमेरिकाबाट नै अन्तराष्ट्रिय परिषद उपाध्यक्ष निर्वाचित हुनुभएका सोनाम लामा नै सभामा उपस्थित हुनुभएन। क्षेत्र र अमेरिकाबाट प्रतिनिधित्व गर्ने सबैजसो अन्तराष्ट्रिय परिषद सदस्य, मानार्थ अन्तराष्ट्रिय परिषद सदस्यहरुलाई त जानकारी र निमन्त्रणा नै थिएन। उनीहरु मध्ये सबैजसो सभामा उपस्थित नै छैनन। जसले अध्यक्ष कुमार पन्तकै मर्यादा छुटाए त्यहाँ अरुको के हालत होला ?

छिमेकी राष्ट्र क्यानाडा एनसीसी अध्यक्ष चिरन्जीवी घिमिरेले कार्यक्रम सफलताको शुभकामना लिखित रुपमा दिएर शुरुमै बहिरिएपछि पुन देखिनु भएन। यो कुरा चर्चाको बिषय पनि बनेको थियो। स्मरण र सिक्नु पर्ने कुरा, गत बर्ष एनसीसी क्यानाडाले आयोजना गरेको साधारण सभामा एनसीसी अमेरिकाका अध्यक्ष, आइसिसी सदस्यहरु लगाएत उल्लेख्यमात्रामा पाहुनाहरुको उपस्तिथि रहेको कार्यक्रम धेरै सम्मानित र मर्यादित थियो। सो कुरा फर्केर आएका अमेरिकी एनआरएनहरुले प्रसंसा गरेका थिए।

महासचिव पशुपति पाण्डेले चलाएको सभा एक किसिमले हेर्दा नेपाली काँगेस पार्टीको मन्तब्य सभा जस्तो देखिएको थियो। धेरैको टिप्पणी चाहिँ एनसीसी अमेरिकाको ९ औं साधारण सभाको उद्घाटन कुल आचार्यको लागि चुनावी सभा भन्ने थियो।