२९ कात्तिक,काठमाडौं ।नेपाल र भारतबीचको सीमा सुरक्षा बैठक पोखरामा बस्ने भएको छ। सीमा विवाद चर्किएको बेला दुवै देशका सुरक्षा अधिकारी सम्मिलित बैठक मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा बस्ने भएको हो।बैठकमा सीमा अपराध, सीमामा संयुक्त गस्तीलगायतका विषयमा बैठकमा छलफल भएपनि सीमा विवादको विषयलाइ छलफलको एजेण्डामा नराखिएको गृहमन्त्रालय स्रोतले बताएको छ।नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, कालापानीलगायतका भूभाग आफ्नो क्षेत्रमा पारेर भारतले हालै नयाँ नक्सा सार्वजनिक गरेपछि भारतविरुद्ध नेपाली आक्रोशित बन्दै बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।
-तस्बिर साभार वेब
सिफारिस
एनआरएनएको ११ औं महाधिवेशन तथा बिश्व सम्मेलन, तयारी तिब्र, प्रतिनिधि आउ...
एनआरएनए हङकङको राष्ट्रिय महाधिवेशन सम्पन्न, पूर्ण रानाको नेतृत्वमा नया...
दक्षिण ललितपुर हुँदै मकवानपुर जोड्ने कान्ति लोकपथ ४५ दिन बन्द हुने
गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवस, राष्ट्रिय व्यापी हाफ म्याराथन स...