-NRNA:बेलायतको एनसीसीमा महिला संयोजक उम्मेद्वार भएकी क्षमाता ढकाल

NRNA NCC युकेको महिला संयोजक पदमा क्षमता ढकालको दावी

Hollywood Khabar May 12,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१२/१९

गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुको अधिबेशन नजिकिदै गर्दा नेपाली बेलायती समाज अग्रसर क्षमता ढकालले एनआरएनए एनसीसी बेलायतको महिला संयोजकमा दावी गरेकी छन्।

हुनत् मानव अधिकार र एनआरएनएका बिषयमा आवाज उठाउने ब्यक्तिहरुले यस्तै व्यक्तिहरुलाई खोजी गर्दै नेतृत्वमा पुर्युना एउटा साझा प्लेटफर्मको खोजी गरीरहेका हुन्छन। त्यसै क्रममा एनआरएनए एनसीसी युकेको अधिबेशनमा आफू महिला संयोजकको उमेदवार बन्ने इच्छा जाहेर गर्दै युके निवासी क्षमता ढकालले हलिउडखबर संवाददातासंग गरेको कुराकानीमा आधारित अन्तर्वार्ता यहाँ पोष्ट गरिएको छ।

  • नमस्ते क्षमता जी, आराम हुनु हुन्छ ? के छ हालखबर ?
  • ठिक छ, हजुर मेरो। अनि तपाईको सुनाउनु होस ?
  • मेरो पनि ठिक छ, क्षमता जी अहिले कता लण्डनकी नेपाल ?
  • म नेपालमा छु
  • कति दिनको बसाई हो नेपालमा ? अब छिट्टै युके फर्कन्छु
  • क्षमताजीको पछिल्लो लेख पढे, मनसाय बुझ्दा तपाई एनआरएनए एनसीसी युकेको अधिबेशनमा महिलाकोहक अधिकारको संरक्षण गर्न आफै उम्मेदवार बन्ने कुरा देखिन्छ त?
  • धन्यवाद सर, चुनावको हावा लागेको हुनाले नलेखी बस्नै सकिन, इच्छा पनि हो।
  • तपाई पनि उम्मेदवार बन्ने दौडमा हो र ? हाम्रो पनि तपाईलाई अग्रिम शुभकामना छ।
  • धन्यवाद, उम्मेदवारमा उठ्ने भन्ने सोच अहिले नै बनाएकि त छैन। तर सोच बनाए भने मिडियालाई त पहिला खबर हुनेछ। तर म किङ हुनु भन्दा असल किङ मेकर हुन रुचाउछु।

यो फेसबुकको मेसेन्जरमा हलिउडखबर सम्बाददाता र क्षमता ढकालसित भएको संवाद हो। ढकालले गत पटक आफ्नो लेखमा म नेता हुनका लागि भन्दा पनि एनआरएनए युकेको अधिबेशनबाट राम्रो नेतृत्व चयन होस भनेर आफ्नो शब्द खर्चिएकी कुरा बताइन। क्षमता ढकालले यो पटक आफु एनआरएनए एनसीसी यूकेको नेतृत्वमा पुगे या नपुगे पनि राम्रो नेतृत्व ल्याउनका लागी सकृयता देखाउने बताइन। यति मात्र होइन बिषय र प्रसङ्ग अनुसार आफ्ना बिचार स्पष्ट रुपमा सम्प्रेषण गर्ने गरेको कुरा समेत ढकालले बताइन। आफ्नो अघिल्लो लेखको मर्म पनि त्यही हो-हाम्रो भन्दा पनि राम्रो नेतृत्व चयन होस भन्ने ढकालले भनिन।

हुन त मैले यसरी आवाज उठाइरहँदा साथिभाइ, ईष्टमित्रहरुबाट उम्मेदवार बन्न धेरै सल्लाह सुझाव र हौसला प्रदान भएको छ। सामाजिक सञ्जालका साथीहरुले समेत सल्लाह र सुझाव दिएका छन्। यसबाट मेरो मनोबल बढेको छ। त्यसैले मलाई पनि कता–कता महिला संयोजक पदमा उम्मेद्वार बनाउन कि जस्तो लाग्न थाकेको छ। तर आट गर्न भन्दा एक पटक युकेको नेपाली समाज र सबै समुदायका अग्रज तथा प्रिय साथीभाइहरुसित बसेर छलफल गरौ कि जस्तो मनस्थितिमा छु। तब मात्र मेरो अन्तिम निर्णय लिने सोचमा छु, ढकालले भनिन।

लोकतान्त्रिक पद्धतिबाट चुनावी मैदानमा उत्रिसकेपछि हार जीतलाई सहर्षै स्विकार्नु पर्छ। हार्ने डरत्रास र जित्ने उन्मात राख्ने मान्छे म होइन। युकेको नेपाली समाजमा म भन्दा धेरै सक्षम साथीहरु पनि हुनुहुन्छ। म उहाँहरुको मानसम्मान र सधै धेरै इज्जत गर्छु। मेरो जस्तै सबैको चाहना राम्रो नेतृत्व चयन होस भन्ने नै मलाई लाग्दछ। तर धेरैले आफ्नो स्वार्थको लागी चुनावी मुखमा आएर सोचलाई परिवर्तन गर्दछन। सक्षम, क्षमतावान र योग्य भन्दा पनि फलानो मेरो ज्वाई, जेठान, दिदी-भेना, सासुससुरा, गाउँ-ठाउँको मान्छे यति सम्मकी गोरु वेचेको साइनो ल्याएर योगदान र योग्यताको मूल्याकंनलाई छाँयामा पार्दछौ हामी।

आ-आफ्नो बिचारको राजनीति आफ्न्त र सम्बन्ध भन्दा माथि समाज सेवामा नैतिकता र मानवतालाई ठुलो मान्नु पर्दछ। एनआरएनएका पंजीकृत सदस्यहरुले नेपाली समाज र नेपाली समुदायको मर्मलाई ध्यानमा राखी नेतृत्व चयनको समयमा विशेष ध्यान पुराउन अति जरुरी छ।

एनआरएनए भनेको ८० मुलुकहरु आधिकारिक रुपमा रहेको संस्थाहो। यसले ति मुलुकमा रहने लाखौँ नेपालीहरुको अभिभावकत्व ग्रहण गरेको हुनुपर्छ। यसले सबैको साझा संस्था बन्नुपर्छ। यसको अस्तित्व र छविलाई जोगाउन हामी पंजीकृत सदस्यहरुले नै धेरै जिम्मेवार हुनुपर्छ। त्येसैले म भित्र हामी र मेरो भित्र हाम्रो र राम्रो समाजसेवी अगुवाले एनआरएनए एनसीसी युकेको नेतृत्वमा चयन हुनुपर्ने मेरो ब्यक्तिगत धारणा राख्दछु, ढकालले भनिन।