-लेभल ३ को हुरीबतास र भारी बर्षाले उत्तरी क्यालिफोर्निया प्रभावित

लेभल ३ को हुरीबतास र भारी बर्षाले उत्तरी क्यालिफोर्निया प्रभावित

Hollywood Khabar January 26,2021 Comments

लेवल ३ सम्मको हुरीबतास र भारी बर्षाबाट उत्तरी क्यालिफोर्निया नराम्रोसँग प्रभावित भएको छ। पावर आउटेज, फ्लडिङ्गबाट, रुख ढल्ने, हाँगा-बिँगा उडाउने, घरका बार उडाउने कतिपय ठाउँमा पहिरो पनि जाने जस्ता घटनाले उत्तरी क्षेत्र प्रभावित भएको छ।

जनवरी २६ बिहान देखि पानी पर्न सुरु गर्यो। सांझ ९ बजेबाट एकदम हुरीबतासका साथ पानी पर्न थाल्यो। जनवरी २७ बिहान २ बजे तिर बिस्तारै हुरीबतास कम हुन थाल्यो। अझै पनि सामान्य बतास र भारी बर्षा हुँदैछ र दिनभरी नै हुनेछ।

एबिसी न्यूजका अनुसार उत्तरी क्यालिफोर्निया क्षेत्रमा ३८ हजार भन्दा धेरै ग्राहकका पावर आउट भएका छन्। सान फ्रान्सिस्को एरियामा मात्र ५५०० पावर आउट भएका छन्। त्यसमध्ये पनि ४८०० चाहिं साउथ बे क्षेत्रमा छन्। पुरा ग्रेटर बे एरियामा २६ हजार भन्दा धेरै पावर आउट भएको कुरा पनि उल्लेख छ।

त्यसैगरी भारी बर्षाका कारण I-680 साउथ बाउण्ड, I-880, I-80, Highway 101 नराम्रोसँग प्रभावित भएका छन्। ती क्षेत्रमा ल्यालिफोर्निया हाइवे प्याट्रोलले सक्रिय रुपमा काम गर्दै गरेको जनाइएको छ। त्यसैगरी माउण्टेन क्षेत्रमा ७ देखि ८ फीट सम्म हिमपात हुने र १०० माइल प्रतिघण्टा सम्मको हुरीबतास चलेको बताइएको छ।