-नर्थ क्यारोलिनामा लभ एण्ड सपोर्ट फाउण्डेसन कप २०२० सकर टुर्नामेन्टू

नर्थ क्यारोलिनामा लभ एण्ड सपोर्ट फाउण्डेसन कप २०२० सकर टुर्नामेन्टू

Hollywood Khabar February 16,2020 Comments

प्रेस विज्ञप्ती

यस लभ एण्ड सपोर्ट फाउण्डेसनले २०२० मे २३ देखि मे २५ , सम्म नर्थ क्यारोलिना राज्यको सुन्दर सहर हाई प्वाइन्टमा अन्तर राज्यीय- INTER STATES लभ एण्ड सपोर्ट फाउण्डेसन कप २०२० सकर टुर्नामेन्टू आयोजना गर्न लागेको कुराजानकारी गराउन पाउँदा अत्यन्त गौरव महशुस गरेकाछौं ।

खेलकुदले हरेक युवाको शारीरिक र बौद्धिकविकासमा टेवा पुग्नुको साथै सकारात्मक जीवनपद्धतिको विकास गर्न, अनुशासनको पालना गर्न रआपसी मित्रवत् सम्बन्ध अभिबृद्धिमा फाइदापुग्नेकुरामा हामी बिश्वस्त छौं। प्रतियोगिताकोसञ्चालन र ब्यवस्थापनको जिम्मा फाउण्डेसनकोनर्थ क्यारोलिना ट्रायड कमिटीले लिएको जानकारीगराउँदछौं। फाउण्डेसनले यसअघि सञ्चालन गरेका विभिन्नगतिविधिमा झैं यस प्रतियोगितामा पनि सम्पूर्णनेपाली तथा भुटानी समुदायको सहभागिता र सहयोग रहने विश्वास लिएका छौं ।

यस लभ एण्ड सपोर्ट फाउण्डेसन कप सकर टुर्नामेन्ट२०२० का विजेता र उपविजेता टिमलाई क्रमश स्अमेरिकी डलर ७ हजार र ५ हजारद्धारा पुरस्कृतगरिनेछ। प्रतियोगितामा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्टडिफेन्स र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ।

नेपालीभाषी जुन सुकै टिम पनि यस प्रतियागितामासहभागि हुनसक्ने यो सकर टुर्नामेन्टको उद्घाटनसमारोह आकर्षक साँस्कृतिक परेड र सांगीतिककार्यक्रमसाथ गरिने छ भने समापन समारोह बिशेषरुपमा सम्पन्न गरिने छ । साथै हरेक दिन वितरितटिकट मध्ये गोला प्रथाबाट छनौट भएका तीनजनालाई आकर्षक पुरस्कार प्रदान गरिने ब्यहोरायहाँहरु सबैमा जानकारी गराउछौं ।

पुनस्चक: यस टुर्नामेन्टमा भागलिन चाहने टिमले लभएण्ड सपोर्ट फाउण्डेसनको वेवसाईट–WWW.LOVEANDSUPPORTFOUNDATION.ORG लगअन गरि टिम दर्ता गर्न सक्नुहुनेछ। साथै, निम्नानुसारका ब्यक्तिहरुसँग सोझै सम्पर्कगरेरपनि दर्ता गर्न सक्नुहुनेछ।