प्रधानसेनापति थापा र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक

प्रधानसेनापति थापा र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच शिष्टाचार भेटवार्ता

Hollywood Khabar November 14,2018 Comments

नेपालका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच शिष्टाचार भेटवार्ता भएको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्ति मार्फत जानकारी दिएको छ।

२०७५ कार्तिक २९ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसंघका आवासीय संयोजक Ms. Velerie Julliand ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको हो । उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राष्ट्रसंघको आवासीय संयोजक Ms. Julliand बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको कुरा सेमत सेनाको विज्ञप्तिमा उल्लेख गरिएको छ।