-NPRC USA Official LOGO

जनसम्पर्क अमेरिकाको आकस्मिक बैठक:नेपालको तराईमा आएको हावाहुरीबाट पिडित परिवारलाई राहत संकलन गर्ने निर्णय

Hollywood Khabar April 01,2019 Comments

नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्गबाट प्राप्त भएको आकस्मिक बैठकको निर्यण यहाँ जस्ताको तेस्तै प्रस्तुत गरिएको छ।

आज मिति April 1, 2019 का दिन नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति आनन्द बिष्टको अध्यक्षतामा आकस्मीक कन्फरेन्स बैठक बस्यो। बैठकले नेपाली काँग्रेस पार्टीका केद्रीय सभापति श्री शेरबहादुर देउवाज्युको निर्देशन र अपिल अनुसार, २०७५ साल चैत्र १७ गते आईतबारका दिन पूर्वी नेपालको बारा र पर्सा जिल्ला लगायत तराईमा आएको भीषण हावाहुरीबाट पिडित भएका परिवारलाई संगठन मार्फत कसरी सहयोग गर्ने सम्बन्धमा बृहत छलफल गरी देहाय बमोजिमको निर्णय गरेको छ ।
निर्णयहरू:-

१.चैत्र १७ गते आईतबारका दिन पूर्वी नेपालको बारा र पर्सा जिल्ला लगायत तराई- मधेसमा आएको भीषण हावाहुरीका कारण ठुलो जन र धनको क्षति हुनुका साथै सयौं घाइते तथा अंगभंग भएको घटनाप्रति बैठकले गहिरो दुःख प्रकट गर्दै, दिवंगत आत्माहरूको चिरशान्तिको कामना संगै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

२.यस्तो प्राकृतिक बिपत्तिबाट पिडित घाइतेको उद्धार, उपचार तथा राहत कार्यमा तीव्रता दिन नेपाल सरकारसँग आग्रह गर्दै, बैठकले मानवीय संवेदनाको यस दुःखद घडीमा हरेक तह र तप्काबाट तत्काल उद्धार तथा राहत कार्यमा जुट्न हुन आम दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्ने निर्णय समेत गरेको छ ।

३.यस्तो अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावित पिडित परिवारलाई समितिको तर्फबाट तत्काल राहत सहयोग उपलब्ध गराउनका निमित्त बैठकले बरिष्ठ उपसभापति धनन्जय नरसिंह केसीको संयोजकत्वमा एक आर्थिक राहत संकलन समिति गठन गरेको छ ।

(१)संयोजक- धनन्जय नरसिंह केसी -बरिष्ठ उप सभापति
(२)सदस्य- ज्ञानेद्र राज कार्की - केन्द्रीय सदस्य
(३) सदस्य- लोक लामा - केन्द्रीय सदस्य
(४) सदस्य- मान्ति शाह - केन्द्रीय सदस्य
(५) सदस्य- सुबास लामा - केन्द्रीय सदस्य
(६) सदस्य- पविता परिवार - केन्द्रीय सदस्य
(७) सदस्य- गोपाल विश्वकर्मा - केन्द्रीय सदस्य
(८) सदस्य- गौतम दाहाल - केन्द्रीय सदस्य
(९) सदस्य- प्रमानन्द खनाल - केन्द्रीय सदस्य

४.हावाहुरी पिडितको सहयोगार्थ समितिका सल्लाहकार, शुभचिन्तक तथा बिशेष गरेर आफ्ना सबै च्याप्टरहरूलाई सक्रियताका साथ आर्थिक राहत संकलनमा सहयोग गर्नका लागि बैठकले आग्रह गर्ने निर्णय गरेको छ ।

धन्यवाद , जय नेपाल
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका