-नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति धनन्जय नरसिंह के सी

नेपाली जनसम्पर्क समिति अमेरिकाको नयाँ नेतृत्व चयन-सभापतिमा धनन्जय नरसिंह के सी

Hollywood Khabar July 11,2020 Comments

कृष्ण के सी/अमेरिका जुलाई १२, २०२०

नेपाली जनसम्पर्क समिति अमेरिकाको संबद्धपक्षहरुको जुलाई १२, २०२० मा बसेको जुम बैठकले पूर्व बरिष्ठ उपसभापति धनन्जय नरसिंह के सीको नेतृवमा नयाँ कार्यसमिति चयन गरेको छ।

बैठकले यसपूर्व २०१४ मा भएको टेक्सस अधिवेशनको आनन्द बिष्टको नेतृवको पधावदी समाप्त भएको ठहर गरेको थियो। त्यसैले संबद्धपक्षले सोही निर्वाचनमा बरिष्ठ उपसभापतिमा निर्वाचित धनन्जय नरसिंह के सीको सभापतित्वमा नयाँ नेतृत्व चयन गरेको छ।

बैठकमा २०१४ मा निर्वाचनबाट निर्वाचित सभापति आनन्द बिष्ट नेपाली काँग्रेस पार्टीको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित भएकोले बिधनाता सो पद स्वतह: खाली भएको, पार्टीले थपेको ६ महिनाको म्याद पनि समाप्त भएकोले समितिलाई चलायमान गर्न नयाँ नेतृत्व चयन अनिबार्य गरिएको कुरा जानकारी गराइयो।

नयाँ नेतृत्वलाइ बधाई तथा शुभकामना दिन समितिका पूर्व र संस्थापक देखि निवर्तमान र राज्य च्याप्टर, नेपाली काँग्रेस महासमिति सदस्य, १३ औं महाधिवेशन प्रतिनिधिहरु उपस्थित थिए।

त्यसैगरी गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रविना थापा, क्षेत्रीय संयोजक राजन त्रिपाठी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका चार उपाध्यमध्य चारैजना क्रमश कृष्ण जीवि पन्थ, बुद्धि सुवेदी, सर्बग्य वाग्ले, बिआर लामा लगायत च्याप्टरका नेतृव समेतले शुभकामना दिएका थिए।

यस पहिला भएका थुप्रै बैठकपछि यो बैठक पूर्व संयोजक बिष्णु सुवेदी र पूर्व बरिष्ठ उपसभापति धनञ्जय नरसिंह के सीले आयोजना तथा निमन्त्रणा गरेका थिए।

कार्यक्रमको लाइभ हलिउडखबरको लाइक पेजबाट गरिएको थियो।

सो लाइभ हेर्न तलको लिंक क्लिक गर्न सक्नुहुनेछ।

https://www.facebook.com/krishnakc2017/videos/3691349590880745/?vh=e&d=n

 

नयाँ नेतृत्वबाट प्राप्त प्रेस विज्ञप्ति

नेपाली काॅंग्रेसको नियमावली २०७६ को परिच्छेद-१ (८) मा “निकाय” भन्नाले विधानको ३ (५) का अतिरिक्त पार्टीबाट मान्यताप्राप्त विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई समेत जनाउनेछ” भन्ने र धारा ५८ मा “पार्टीको तल्लो निकायको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव माथिल्लो तहको कार्यसमितिमा उम्मेदवार भएमा निजको तल्लो पद स्वत: रिक्त हुनेछ” भन्ने स्पष्ट उल्लेख छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका तत्कालीन सभापति गोरख (आनन्द) बिष्ट नेपाली काॅंग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएकाले विधान बमोजीम वहाॅंको नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति पद सोही दिनदेखि रिक्त भइसकेतापनि वर्तमान कार्यसमितिले आफ्नो पदावधि सकिएको ३ वर्षभन्दा बढी भइसक्दा समेत अधिवेशन गराउन असफल भएकोले नेपाली काॅंग्रेस र नेपाली जनसम्पर्क समिति अमेरिकासॅंग आबद्द अग्रज तथा साथीहरूको भेलाले आज जुलाई १२, २०२० का दिन निम्न अनुसारको कार्यसमिति र सल्लाहकार समिति गठन गरेको छ।

कार्यसमिति

  • सभापति-धनन्जयनरसिंह केसी

  • वरिष्ठ उपसभापति- डा हेम चटौत

  • उपसभापति-ईश्वर सापकोटा

  • सागर कॅंडेल

  • अनन्तराज सुवेदी

  • प्रतिक पाण्डे

  • महासचिव-सुभाष घिमिरे

  • सचिव-मुक्ति पन्त

  • सचिव-खड्ग उप्रेती

  • कोषाध्यक्ष-क्रान्ति अर्याल भण्डारी

  • सदस्य-प्रमोद सिटौला

  • सदस्य-जगन्नाथ गौतम

  • सदस्य-राम मिश्र

  • सदस्य-नेत्र केसी

  • सदस्य-प्रभात सापकोटा

  • सदस्य-लक्ष्मी त्रिखत्री परियार

  • सदस्य-भेषबहादुर कॅंडेल

  • सदस्य-डा अम्बरबाबु भण्डारी

  • सदस्य-इन्द्र सिटौला

  • सदस्य-हरिराज खनाल

  • सदस्य-विकास थापा

  • सदस्य-निर्मल थापा

  • सदस्य-सुरेश हमाल (बेग)

  • सदस्य-श्रीराम थापा

  • सदस्य-अनुप अधिकारी

  • सदस्य-सुमन आचार्य

  • सदस्य-दीपकराज पन्त

  • सदस्य-रामकृष्ण भट्ट

  • सदस्य-राज ढुंगाना

  • सदस्य-अर्जुन बम

  • सदस्य-शशीचन्द्र अधिकारी

  • सदस्य- ४ जना कार्यसमितिले छुटेका पक्षलाइ समेटेर थप गर्ने

सल्लाहकारहरु

  • विष्णु सुवेदी

  • रविना थापा

  • कृष्ण लामिछाने

  • भक्त थापा

  • प्रियरन्जन दाहाल

  • अमृत सापकोटा