-NJSS USA Official LOGO

NRNA NCC अमेरिकाको निर्वाचनका बिषयमा जनसम्पर्क समिति अमेरिकाको तर्फबाट कुनै पनि निर्णय गरेको छैन

Hollywood Khabar May 12,2019 Comments

प्रेस विज्ञप्ति

यही मे १८/१९ तारिखमा (१९-२१) को लागि हुन गईरहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचनमा, नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट कुनै पनि उमेद्धारको विषयमा संस्थागत एवं अधिकारीक निर्णय नगरेको कुरा सम्पूर्ण जिज्ञासा राख्नुहुने साथिहरू, पत्रकार मित्रहरू, शुभेच्छुक साथिहरू, एनआरएनएको साधारण एवं कृयाशील सदस्यहरू र आम अमेरिकावासी नेपाली दिदीबहिनी तथा दाज्यूभाईहरूलाई यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं। साथै यस निर्वाचनमा सहभागि रहनुहुने सबै उमेद्वारहरूलाई संस्थाको तर्फबाट हार्दिक शुभकामना समेत व्यक्त गर्दछौं ।

एनआरएनए (NRNA) एउटा गैरराजनीतिक र सबै नेपालीको साझा संस्था भएकाले यसका प्रति उच्च गरीमा बोकेको हाम्रो संगठन सदैव सचेत र संवेदनशील रहेको कुरा यहाँहरू माँझ प्रष्ट पार्दछौ ।

साथै आउँदो गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको यो निर्वाचन निष्पक्ष, पारदर्शी र धाँधली रहित हुने कुरामा हामी विश्वस्त छौं। यस निर्वाचनको पूर्ण सफलताको समेत कामना गर्दछौ ।

धन्यवाद , जयनेपाल !

मुनिन्द्र नेम्बाङ

महासचिव

नेपाली जनसम्पर्क समिती अमेरिका

May 13, 2019 Monday