-जनसम्पर्क समिति अमेरिकाको लंगआईलेण्डले वृहत रक्तदान कार्यक्रम आयोजना गर्दै

जनसम्पर्क समिति अमेरिकाको लंगआईलेण्डले वृहत रक्तदान कार्यक्रम आयोजना गर्दै

Hollywood Khabar February 05,2020 Comments

सामाजिक गतिविधि मा अत्यंत सक्रिय नेपाली जनसंपर्क समिति अमेरिका लंगआईलेण्ड च्याप्टरको आयोजनामा विगत वर्षहरू झैं यो पटक पनि वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।

आगामी फ्रेवरी ९, २०२० आईतवारको दिन हिक्सभिलमा रक्तदान कार्यक्रम गरिने भएको छ। रक्तदानमा लंगआईलेण्डका अतिरिक्त न्यूयोर्कक्षेत्र वरपरका रक्तदाताहरू समेत सहभागी हुनेछन।

रक्तदानलाई व्यवस्थित र प्रभावकारी वनाउन शाखाका महासचिव विनिता भूजेलको सयोजकत्वमा गठित नासु र सफोक काउन्टी क्षेत्र समेटिएको ९ सदस्यीय रक्तदान समन्वय समिति सक्रिय रहेको छ। समितिका सदस्यहरूमा विदुर साप्कोटा, दिनेश डाॅगी, विकास काफ्ले, पूर्ण छन्त्याल, थमन पुन, निराजन खड्का, सुमन वाँस्तोला र विश्व तिवारी रहेका छन्।