-नेपाली जनसम्पर्क समिति सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिने निर्णय

जनसम्पर्क अमेरिकाको सदस्यता वितरण तीव्र, ५ नयाँ च्याप्टर गठन

Hollywood Khabar February 25,2020 Comments

मिति: फेब्रुअरी २६,२०२०

प्रेस विज्ञप्ति

यस नेपाली जनसम्पर्क समिति, अमेरिकाले समितिको अधिवेशन पूर्व कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिने भएको छ।

मातृपार्टी नेपाली कांग्रेसको गत कार्तिक ५,२०७६ को परिपत्र अनुसार, छ महिना भित्र अधिवेशन गर्नेगरी समितिले प्रक्रिया सुरु गरेको थियो। तर पार्टीका तर्फबाट पुन: यही फागुन ८,२०७६ का मितिमा क्रियाशील सदस्यता वितरण र नवीकरणको फाराम संकलन गरी आगामी चैत्र मसान्तभित्र पार्टीमा बुझाएर मात्र अधिवेशन प्रक्रिया सुरु गर्नु भन्ने परिपत्र जारी भएकोले सोही अनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको हो।

फेब्रुअरी २२,२०२० शनिवारका दिन सम्पन्न समितिको कन्फरेन्स बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेस पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं समितिका सभापति आनन्द विष्टको सभापतित्वमा सम्पन्न बैठकले पार्टीको पछिल्लो परिपत्र अनुसार अघि बढ्ने र जनसम्पर्क समितिको सदस्यता वितरण नगरी समितिको अधिवेशन गर्न वैधानिक र कानुनी रुपमा समेत असम्भव हुने र क्रियाशील सदस्यता शुल्क संकलन गर्न समेत समितिको वैधानिक प्रक्रियाबाट अघि बढ्नुपर्ने भएको भन्दै यो कठीनाईलाई पार्टी समक्ष अवगत गराउने निर्णय गरेको छ।

समितिले अमेरिकामा पार्टीको क्रियाशील सदस्यताका लागि आवश्यक फाराम पार्टी समक्ष माग गरी तत्काल सदस्यता वितरण कार्य अघि बढाउनेछ ।

शनिवारको बैठकले यस पहिले नै विधिवत रुपमा प्रक्रिया पुर्याई समितिका सभापति समक्ष च्याप्टर गठनका लागि अनुरोध गरेका विभिन्न पांच वटा च्याप्टरलाई अनुमोदन समेत गरेको छ। पाँच वटा च्याप्टर अनुमोदन गरी समितिमा आवद्ध गर्ने निर्णय गरिएको छ।

  • साउथ फ्लोरिडा च्याप्टर-अविनाश नायक संयोजक
  • विस्कनसिन च्याप्टर -राजेन्द्र ओझा (राजु) संयोजक
  • ओहायो च्याप्टर -कल्याण अधिकारी संयोजक
  • सेन्टर टेक्सास च्याप्टर- पारस खड्का संयोजक
  • केन्टकी च्याप्टर-सुधीर ओझा संयोज

यसैगरी अन्य राज्यबाट प्रक्रिया पुर्याई एक साताभित्र विधिवत आवेदन प्राप्त भएको खण्डमा त्यस्ता च्याप्टरहरुलाई आगामी बैठकबाट अनुमोदन गर्ने गरी निर्णय गरिएको छ।

समितिको आधिकारिक वेभसाइट हालसम्म पनि समितिका सदस्य विष्णु सुवेदीले समितिलाई औपचारिक हस्तान्तरण नगरेको र पछिल्लो बैठकको निर्णय अनुसार तीन दिनभित्र समितिलाई हस्तान्तरण गर्न निर्देश दिएकोमा हालसम्म पनि कुनै एक्सेस उपलब्ध नगराएकोले पुन: एकपटक अनुरोध गर्ने निर्णय गरिएको छ।

शनिवारको बैठकमा सम्पूर्ण पदाधिकारीसहित २८ जनाको उपस्थिति थियो। बैठकमा समितिका पूर्व संयोजक एवं वर्तमान कानुनी सल्लाहकार खगेन्द्र जीसीको विशेष उपस्थिति थियो। जीसीले पार्टीको पछिल्लो परिपत्र र यसले उत्पन्न गरेको अन्यौलका बारे प्रकाश पार्नु भएको थियो।

बैठकमा सभापति आनन्द विष्ट, बरिष्ठ उपसभापति धनन्जय नरसिंह के सी, उपसभापति धर्मराज श्रेष्ठ, उपसभापति भगवान मैनाली, उपसभापति चेत प्रसाद पौडेल, उपसभापति केशब बराल, महासचिव मुनिन्द्र नेम्बाङ, सचिव भोजराज थोकर, सचिव ईश्वर सापकोटा सहित सदस्यहरु ज्ञानेन्द्रराज कार्की, सुवास लामा, लोक लामा, गोपाल बिश्वकर्मा, सुन्दर गुरुङ, गौतम दाहाल, परमानन्द खनाल, गोविन्द लम्साल, पिताम्बर भुषाल, रविन बस्नेत, सुभेन्द्र रानाभाट, पविता परियार, मान्ती शाह, ओम भट्टराई, माया कडायत, किलन राई, अमृत भट्टराई, सन्तोष पहारी र हरी शर्मा उपस्थित हुनुहुन्थ्यो।

नेजस अमेरिकाको तर्फबाट

गौतम दाहाल

केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमूख